
News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्दा करेन्ट लागेर ४२ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको छ।
- सन्तोष लिम्बूलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
- इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
३० असोज, भद्रपुर। झापाको मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए ।
उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4