+
+
Shares

झापामा लागु औषधसहित एक जना पक्राउ

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय विनोद घिमिरे छन् ।अस्थायी प्रहरी पोक्ष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १२:००

२ साउन, काठमाडौं । झापामा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय विनोद घिमिरे छन् ।अस्थायी प्रहरी पोक्ष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घिमिरे र सोही ठाउँका ५० वर्षीय भानुभक्त खरेलले मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिएर लागु औषध राख्ने गरेको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

सो क्रममा ट्रामाडोल १ लाख ३ हजार ८ सय क्याप्सुल बरामद भएको छ । अन्य औषधीजन्य लागु औषध पनि ठूलो मात्रामा बरामद भएको प्रहरीले बताएको छ ।

लागु औषध भण्डारण गर्ने खरेल भने फरार रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?