+
+
Shares

बाढीले झापामा पाँच करोडको धान नष्ट

कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए ।

रासस रासस
२०८२ असोज ३० गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापामा असोज १८ देखि २० गतेसम्मको अविरल वर्षापछि आएको बाढीले ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ।
  • कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको १६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट भएको जानकारी दिए।
  • बाढीले झापा गाउँपालिका वडा नं १, २ र ३ का ४३१ किसानको रु पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट गरेको छ।

३० असोज, झापा । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ ।

कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए ।

‘बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन’, उनले भने, ‘पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ।’ वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ।

बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताए ।

उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिए । यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको रु पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?