+
+
Shares

रास्वपा झापाको सभापतिमा भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी झापाको पहिलो अधिवेशनबाट ओमनाथ भण्डारी ३४१ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी भएका छन् ।
  • अधिवेशनबाट उपसभापतिमा पुष्पलाल ढकाल, सचिवमा विरोध सुवेदी र सहसचिवमा भिमबहादुर कुँवर निर्वाचित भएका छन् ।

२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी विजयी भएका छन् ।

शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा विजयी भएका हुन् । उनले ३४१ मत प्राप्त गरे । सभापतिका उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरे ।

जिल्ला समितिको उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् ।

ढकाल २१० मतसहित विजयी हुँदा शान्ता तामाङले १९८ मत, लिला खड्काले १११ मत र देव संग्रौलाले ९३ मत प्राप्त गरे ।सचिवमा विरोध सुवेदी, सहसचिवमा भिमबहादुर कुँवर विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?