+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
११४ बलमा १३३ रन आवश्यक
विराटनगर किंग्स 2025
2/0 (0.6)
Shares

झापामा माछा मार्न गएका एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १७:२५

६ मंसिर, सुरुङ्गा (झापा) । माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेको पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?