+
+
Shares

बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला, के-के परे योजना ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ जसमा झापाका योजनाहरू प्राथमिकता भएका छन्।
  • बजेटले विराटनगर विमानस्थलको धावनमार्ग विस्तार नगरेर भद्रपुर विमानस्थलको विस्तारमा ध्यान दिएको छ।
  • बजेटमा दमकमा नयाँ रंगशाला, पूर्वपश्चिम राजमार्गको विस्तार र पेट्रोलियम पाइपलाइन निर्माण समेटिएको छ।

१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नयाँ रंगशाला निर्माणदेखि विमानस्थल विस्तारसम्मका योजना समेटिएका छन् ।

विराटनगरको निजी क्षेत्रलाई विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि धावनमार्ग विस्तार गर्न माग गरिरहेको छ ।

पटकपटक निजी क्षेत्रले संघीय सरकारको ध्यानाकर्षण पनि गराएका छन् । तर यो पटक पनि बजेटले विराटनगर विमानस्थललाई सम्बोधन गरेन । बरु झापाको भद्रपुर विमानस्थललाई सम्बोधन गरेको छ । भद्रपुर विमानस्थल विस्तारका लागि बजेट छुट्याइएको छ ।

बजेटमा दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने भनिएको छ । यो रंगशाला निर्माणस्थल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ ।

बजेटमा पूर्वपश्चिम राजमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म विस्तारलाई सम्बोधन गरेको छ ।

पूर्वपश्चिम रेलमार्ग निर्माणबाट भने सरकार पछि हटेको छ । काँकडभिट्टा–इनरुवासम्मको खण्डमा रोक्का राखिएको जग्गा भने फुकुवा भएको छ ।

झापाको केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ । झापामा पेट्रोलिम पाइपलाइन निर्माण पनि बजेटमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?