News Summary
Generated by OK AI. Editorially reviewed.- झापाका पाँच निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्।
- निर्वाचन क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहले ५ हजार २५४ मतसहित अग्रता लिएका छन् भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १ हजार ५७९ मत पाएका छन्।
- क्षेत्र नम्बर २ मा इन्दिरा रानामगरले ४ हजार ५८० मतसहित अग्रता लिएकी छन् भने पूर्व सभामुख देवराज घिमिरेले ७१६ मत पाएका छन्।
२२ फागुन, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ५ बाट रास्वपा उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ५ हजार २५४ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार एवम् सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ५७९ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नम्बर ४ मा शम्भुप्रसाद ढकालले एक हजार ७७५ मतसहित अग्रता लिएका छन् भने उनलाई नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याइरहेका छन् ।
यसैगरी क्षेत्र नम्बर ३ मा प्रकाश पाठकले दुई हजार २८१ मतसहित सुरुआती अग्रता लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६१० मत पाएका छन् ।
क्षेत्र नम्बर २ मा इन्दिरा रानामगरले ४ हजार ५८० मतसहित सुरुआती अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार एवम् पूर्व सभामुख देवराज घिमिरे ७१६ मतसहित प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र नम्बर १ मा निशा डाँगीले ३ हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई श्रम संस्कृति पार्टीका केबल राईले एक हजार ३२० मतसहित पछ्याइरहेका छन् ।
प्रतिक्रिया 4