
News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको विर्तामोडमा आयोजित कार्यक्रममा अम्बिका भण्डारीलाई १ लाख रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरियो।
- नारी सञ्चारगृहले महिला नेतृत्व र सामाजिक न्यायमा आधारित पत्रकारिता प्रवर्द्धन गर्दै आएको छ।
- कार्यक्रममा चिरञ्जीवी घिमिरे, महेन्द्रकुमार गिरी र केशव आचार्यलाई समेत सम्मानित गरियो।
२२ असार, झापा । नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट झापाकी पत्रकार अम्बिका भण्डारी सम्मानित भएकी छन् ।
विर्तामोडमा आइतबार आयोजित कार्यक्रमका बीच नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहेकी भण्डारीलाई नगद १ लाखसहितको पुरस्कार दिइएको हो ।
विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिन् ।
सोही अवसरमा नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी चिरञ्जीवी घिमिरे नगद २५ हजारसहित सम्मानित भएका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष केशव आचार्य लगायतलाई समेत सम्मान गरिएको थियो ।
नारी सञ्चारगृहकी अध्यक्ष रेजिना रोदनका अनुसार, नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको सङ्गठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ ।
‘संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवर्द्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ’, उनले भनिन् ।
प्रतिक्रिया 4