+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

अराजकताको आयु लामो हुँदैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १३:४१

८ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।

बिहीबार झापाको दमक-८ स्थित जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकनको क्रममा यस्तो बताएका हुन् ।

विध्वंश मच्चाउनेहरु कानुनी दायरामा आउने उनको भनाइ छ ।

‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला’ ओलीले भने,’ अराजकताको आयु लामो हुँदैन नि ।’

नेता पुरीले आफूले सबै प्रमाणहरु संकलन गरिसकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको जानकारी गराए ।

आगजनी र तोडफोडका क्रममा क्रममा भएका सबै सम्पत्ति लुटिएको, घरायसी सामानहरु जलाइएको र घर पनि तोडफोड गरिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?