+
+
Shares

आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १६:४६

२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् । असंवैधानिक, लोकतन्त्र विरोधी, संसद् विघटनकर्ताहरू र देशलाई अरजकतामा धकेल्नेहरू हुन् । राजनीतिक पार्टी चाहिएन, नेता चाहिएन भन्नेहरू हुन् ।’

एमालेका लागि चुनावी प्रचारमा जाँदा गरेका कामहरूको लिस्ट लिएर गए हुने उनको भनाइ छ ।

‘एमालेले नजित्ने कुन पनि ठाउँ छैन । जित्न मन गरयो भने जित्छ’ उनले भनेका छन्, ‘विकास एमालेले गरेको छ । रेलको लिग बनाएको छ । जनकपुरमा रेल चलिरहेको छ । पूर्व पश्चिम रेलको लिग कहिले बन्छ जनताले हेरिराखेको छ ।’

मनमोहन अधिकारीको नेतृत्वमा ९ महिने सरकार बनेदेखि नै एमालेले जिम्मेवारी पाउँदा काम गर्न भन्ने जनतालाई परेको र त्यसअनुसार नै एमालेले नेतृत्व पाउँदा जनताको पक्षमा, विकासको पक्षमा काम गर्दै आएको उनले बताए ।

‘विकासको नेतृतव हामीले गरेका छौं । संविधान हाम्रो नेतृत्वमा बनेको हो’ अध्यक्ष ओली भन्छन्, ‘पहाडमुनिबाट गाडी छिर्न, बाटो बन्छ भन्ने धेरै जनताले थाहा पाएका थिएनन् । एमालेले त्यो बनाएर देखायो ।’

चुनाव जित्नका लागि एमालेले विगतमा गरेका काम देखा पुग्ने पनि दोहोर्‍याए, ‘एमालेले गरेका काम जनताको बीचमा पुर्‍याए पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?