+
+
Shares

एनजीओको एजेन्डा बोक्ने र दाग लागेकाहरू एक भएका छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरू विकासको नाममा एनजीओ-डोनरको एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्रमा संलग्न भएको बताएका छन्।
  • ओलीले कतिपय व्यक्ति विनाशकारी भूमिकामा र कतिपयले ठगी, भ्रष्टाचार तथा वैदेशिक शक्तिको दलालीमा संलग्न भएको टिप्पणी गरे।
  • उनले भदौ २३ र २४ को जेनजी आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको उल्लेख गर्नुभयो।

२२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गरेका छन् । मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विकासको नाममा एनजीओ-डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने गरी विभिन्न दाग लागेकाहरू एक ठाउँमा जम्मा भइरहेको बताएका हुन् ।

‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्। विकासको नाममा एनजीओ/डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ ।’

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?