+
+
Shares

मानवअधिकार आयोगमा साढे दुई घण्टा ओलीको बयान, दिए ३५ प्रश्नको उत्तर

आयोगले ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १८:५५

२० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान लिएकी हुन् ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आयोगको कार्यालयमै उपस्थित भएर आज बयान दिनुभयो’ थापाले अनलाइनखबरसँग भनिन्, ‘अढाइ घण्टासम्म बसेर बयान दिएर जानुभयो ।’

थापाले ओलीसँग गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भएको नाताले त्यसक्रममा गरेका कामकारबाही केन्द्रित प्रश्नोत्तर भएको बताइन् ।

‘कार्यकारी प्रमुख भएको नाताले र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भएको नाताले जेनजी आन्दोलनको क्रममा आफूले कस्तो भूमिका निभाउनुभयो भन्नेमा आधारित प्रश्नको जवाफ दिएर जानुभयो’ उनले भनिन्, ‘आयोगले ३५ वटा प्रश्नहरू तयार पारेको थियो । ती सबैको जवाफ दिएर उहाँ जानुभयो ।’

कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले गर्नुपर्ने काम, कर्तव्य र भूमिकाबारे दिउँसो ४ बजेदेखि साँझ ६:३० बजेसम्म बयान लिइएको थापाको भनाइ छ ।

त्यस्तै ओलीले आजै जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष लिखित बयान पनि दिएका छन् । बयानका लागि आयोगको टोली ओलीकै निवास गुण्डु पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?