+
+
Shares

जाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १८:२१

२० पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको छ ।

‘आयोगको टोलीले उहाँलाई पत्र काटेको थियो । पत्र बुझ्नासाथ उहाँ आफ्नो भनाई राख्न तयार हुनुभयो’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो ।

आयोगसम्वद्ध स्रोतका अनुसार, ‘ओली निकटका व्यक्तिहरूको संकेतअनुसार नै आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएको थियो । त्यहाँ ओलीले मौखिक रुपमा नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका थिए ।

जाँचबुझ आयोगमाथि प्रश्न उठाउदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए । तर पछिल्लो समय आफ्नो भनाइ फेर्दै ओलीले गुण्डुमा आए आयोगको टोलीलाई चिया खुवाएर पठाउने धारणा राखेका थिए ।

आयोगका पदाधिकारीहरु बयानमा गएका व्यक्ति, त्यसक्रममा सोधिएको प्रश्न र जवाफबारे विस्तृत रुपमा बताउन चाहँदैनन् । निकै गोप्य रुपमा पत्र तयार गर्नुका साथै आयोगको टोली ओलीसँग भेट्न गएको थियो ।

‘सबैको बयान र संकलित विवरणअनुसार ६० वटाभन्दा बढी प्रश्नहरू तयार भएका थिए’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘तिनै प्रश्नमा केन्द्रित भएर जवाफ लेखेको हुनुपर्छ । हामी साथीहरू ‘स्टेटमेन्ट लिएर फर्कियौं’ भन्दै हुनुहुन्छ ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रहेका रमेश लेखकको पनि बयान लिएको थियो । बयानमा लेखकले आन्दोलनमा गोली चलाउन आफूले आदेश नदिएको बताएका छन् ।

पटक-पटक आयोगमा बयान दिन नजाने बताउँदै आएका ओलीले आज लिखित स्टेटमेन्ट बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?