+
+
Shares

मापसे चेकिङ छलेर भागेका चालक र धनी थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कारले ट्राफिक प्रहरी जवान विजयप्रताप साहलाई घाइते पारेको छ।
  • कार चालक वासुदेव आचार्य र सवारीधनी राधिका विकविरुद्ध मकवानपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
  • चालक आचार्यविरुद्ध ज्यान मार्ने उद्योग कसुर र सवारीधनी विकलाई अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको छ।

२० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गत बिहीबार साँझ प्रहरी चेकिङ छलेर भाग्ने कारका चालक र सवारीधनीलाई मुद्दा चलाइएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कारका चालकले जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि चेकिङ छलेर भाग्ने क्रममा कारले घिसार्दा ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएका थिए ।

बारा जिल्ला घर भएका प्रहरी जवान विजयप्रताप साहको टाउकोमा १८ वटा टाँका लगाउनु परेको थियो । प्रहरी चेकिङ छलेर भागेका कार चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार चालक हेटौंडा उपमहानगरपालिका–४ गर्दोइ बस्ने ४६ वर्षीय वासुदेव आचार्य र सवारीधनी हेटौंडा–१९ घर भएकी ४३ वर्षीय राधिका विकविरुद्ध मकवानपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीकाअनुसार चालक आचार्यविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा र सवारीधनी विकलाई अभद्र व्यवहार कसुर मुद्दामा अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

बिहीबार साँझ करिब पौने आठ बजे चितवनतर्फबाट हुकिँदै आएको कारलाई प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँचका लागि ट्राफिक प्रहरी कार्यालय अगाडि रोकका थिए । मापसे जाँच गर्न प्रहरी जवान साहले चालकको मुखतर्फ ब्रेथलाइजर लैजान हात बढाएपछि अचानक कारको झ्याल लगाउँदै चारचालक भागेको प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलले बताए ।

कारको सिसा लगाउँदा प्रहरी जवान साहको हात त्यसमा च्यापिएको थियो। जसका कारण उनी करिब पाँच मिटर परसम्म घिस्रिन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?