News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेसबाहेक अरु दलले सरकार बनाउन नसक्ने भन्दै ठूला पार्टीसंग डराएर मोर्चाबन्दी गर्दै हिडेको बताएका छन्।
- ओलीले संसद असंवैधानिकरुपमा विघटन भएको भन्दै पुनःस्थापना हुनुपर्ने र सर्वोच्च अदालतले चाँडो न्याय दिनुपर्ने बताए।
- उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले निर्वाचनबाटै राजनीतिक फैसला दिने र राहदानी रोक्का तथा स्थानहदले वातावरण बन्न नसक्ने दोहोर्याए।
१५ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसजस्ता ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको बताएका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसंग डराएर मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताएका हुन् ।
कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राखे । उनले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने बताए ।
उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताए । सरकार बनाउने र हटाउने थलो संसद् भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो ।
त्यस्तै ओलीले संसद् पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्ने पनि बताए ।
संसद् पुनर्स्थापना गरेर वर्तमान राजनीतिक संकट हल गर्न सकिने उनको भनाइ थियो । ओलीले राहदानी रोक्काका साथै स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने दोहोर्याए ।
प्रतिक्रिया 4