News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताएका छन्।
- उनले भने, 'निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ। हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ।'
- ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको संयुक्त बैठकमा प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्ने र अदालतको फैसला अनुसार अघि बढ्ने कुरा भएको उल्लेख गरे।
१० पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताएका छन् ।
स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको उनको भनाइ छ ।
‘निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ। हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ,’ उनले भने, ‘स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् । हामी त्यही समयको पर्खाइमा छौँ । हामी जस्तो पनि परिस्थितिका लागि तयार छौँ ।’
उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको संयुक्त बैठकमा भएको विषयमा पनि उल्लेख गरे ।
‘राष्ट्रपतिलाई हामीले भन्यौँ- चुनाव विरोधी हामी होइनौँ। प्रतिगमन हुन हुँदैन भन्यौँ । प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्छ भन्ने कुरा भयो । यो अदालतमा छ अदालतले जे फैसला गर्छ त्यहीअनुसार हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति चुनाव गरौँ भन्नुहुन्छ । तर, वातावरण बनेको खोई ? अहिले पनि विभिन्न आक्रमण भइरहेका छन् । नेताहरूलाई कतै जान दिइएको छैन । यसरी निर्वाचनको वातावरण हुन्छ ?’
प्रतिक्रिया 4