+
+
Shares

देउवा भेट्न महाराजगञ्ज पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १५:४७

७ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् ।  भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् ।

कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।

देउवा-ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो ।

भदौको जेनजी आन्दोलनपछि देउवा-ओली दोस्रोपटक भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?