४ पुस, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारे ।
उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’
त्यस्तै ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए । ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने?’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’
उनले चुनावमा लड्दा प्यानल बने पनि अहिले निर्वाचित भइसकेपछि प्यानल र गुट एमालेमा नभएको पनि बताए ।
‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो,’ उनले भने, ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो-त्यो प्यानल छैन ।’
प्रतिक्रिया 4