News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताए।
- ओलीले सचिवालय बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने दबाब दिने काम भइरहेको आरोप लगाए।
- एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालय बैठकमा ओलीले यस्तो ब्रिफिङ दिएका हुन्।
२२ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचन सार्ने षडयन्त्रमा लागेको भन्दै पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।
एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालयको बैठकमा अध्यक्ष ओलीले यस्तो ब्रिफिङ गरेका हुन् ।
‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन। एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको छ’ ओलीको भनाइ उदृत गर्दै बैठक स्रोत भन्यो ।
त्यस्तै ओलीले बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू माथि धम्की दिने, संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिने काम गरिरहेको आरोप पनि लगाए । त्यस्तै ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।
प्रतिक्रिया 4