+
+
Shares

फोर्स कमान्डर नियुक्त भएका रथी श्रेष्ठ भोलि अबेई जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १८:४०

२ माघ, काठमाडौं । संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ शनिबार मिसन इलाका अबई जाने भएका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा १६ मंसिरमा नियुक्त गरेका थिए ।

घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि गुटरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको जिम्मेवारी दिएका थिए । उक्त जिम्मेवारी पूरा गर्न उनी मिसन इलाका जान लागेका हुन् ।

श्रेष्ठले नेपाली सेनामा नेतृत्वदायी पदहरूमा बसेर काम गरेका छन् । नेपाली सेनामा ३६ वर्षदेखि सेवा गर्दै आएका श्रेष्ठ दक्षिण सुडानमा सेक्टर पूर्वका लागि सेक्टर कमान्डर भएर समेत काम गरिरहेका छन् । उनले सुदूरपश्चिम पृतनापति, रम्भार रथी भएर पनि काम गरेका छन् ।

वीरेन्द्र सैनिक अस्पतालको प्रशासनिक रजिस्ट्रार, नेपाली सेना मुख्यालयमा नीति तथा योजना निर्देशक भएर काम गरिसकेका छन् ।

श्रेष्ठले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडिजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर र मानविकी तथा सामाजिक विज्ञानमा स्नातक डिग्री पनि हासिल गरेका छन् ।

२५ असोजदेखि बलाधिकृत रथी निर्मलकुमार थापा अवकाशमा गएका थिए । रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि श्रेष्ठ रथीमा बढुवा भएका थिए । थापा पनि लामो समय यूएनकै फोर्स कमान्डर थिए । श्रेष्ठ यूएनको फोर्स कमान्डर बन्ने ८ औं नेपाली सैनिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?