News Summary
Generated by OK AI. Editorially reviewed.- साहित्यकार निष्प्रभ सजीको उपन्यास \'याली\'को लोकार्पण भएको छ।
साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पण भएको छ । साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र विना थिङले एकसाथ कृतिको लोकार्पण गरेका हुन् ।
काठमाडौंको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा तीन वक्ताले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । उपन्यासले १५० वर्षको इतिहासलाई समेटेको बताए । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन समयमा औपनिवेशिक शासन चलाइरहेको बेलायतले अर्को औपनिवेशिक मुलुक फिजीमा कामदारका रूपमा पुर्याउने गर्थ्यो । यही विषयको नेपालीको कथाव्यथा समेटिएकोले कृति रोचक र एतिहासिक रहेको साहित्यकार अमर न्यौपानेले बताए । ‘भाषिक हिसाबले काव्यिक र कथाको नवीनताकाले फरक स्वाद उपन्यासमा छ’ न्यौपानेले भने ।
याली लेखकको निजी अनुभूतिजस्तो लागे पनि डायस्पोरिक लेखनको बलियो कृति भएको धारणा लेखक नारायण बाग्लेले राखे । अकथ्य कथा र नौलो परिवेशले उपन्यास रोचक र पठनीय रहेको उनले बताए ।
यालीका नारी पात्रहरूको चर्चा गर्दै तिनको सौन्दर्यको बयान पुरातन रहेको लेखक बिना थिङले बताइन् । ‘अझै पनि नारीको भौतिक शरीर र हावभावको बयान यस पुस्तकभित्रको कमजोरी हो यधपि पाठकलाई आलोचनात्मक नलाग्न सक्छ’ थिङले भनिन्, ‘फिजी भाषामा यालीको अर्थ हराएको, लोप भएको भन्ने हुने भएकाले पुस्तान्तरणमा नेपाली पहिचान हराएको यथार्थपरक कथावस्तुले विदेश पलायनलाई सशक्त ढङ्गले उठाएको उनको भनाइ थियो ।’
उपन्यासकार निष्प्रभ सजीले आफ्नो १० वर्षको मेहनतले याली लेखेको बताए । कलकत्ता र फिजी पुगेर तथ्य सङ्कलन गरी उपन्यास लेखिएको उनले जानकारी दिए ।
२८४ पृष्ठको उपन्यासलाई बुकहिल प्रब्लिकेश्नले बजरमा ल्याएको हो ।
प्रतिक्रिया 4