२ माघ, काभ्रेपलाञ्चोक । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेको क्षेत्र नं. १ र २ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ६ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन कार्यालय र क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना भएको छ भने पनौती नगरपालिकाको कार्यालयमा क्षेत्र नं. १ को निर्वाचन कार्यालय स्थापना भएको छ ।
प्रमुख जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यले क्षेत्र नं. २ को निर्वाचन कार्यालय र क्षेत्र नं. १ को निर्वाचन कार्यालय मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउनका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपक गौतम, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
जिल्लामा एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा निकाय परिचालित भइसकेको छ ।
प्रतिक्रिया 4