+
+
Shares

काभ्रेको फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते २०:३७

२८ पुस, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला–२ खानिडाँडास्थित प्रहरी चौकी फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ ।

प्रहरी चौकी श्यामपाटी दरबन्दी भई हाल प्रहरी चौकी फलामेटारमा कार्यरत दोलखा शैलुङ गा.पा. ५ काटाकुटीका बर्ष–३५ को प्रहरी हवलदार रामकृष्ण खड्काको लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

सचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना प्रवाहको लागि खटिएकोमा दिउँसो ३:३० बजेको समयमा गोरेटो बाटोबाट २५ मिटर तल रोडमा लडि मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले घटनास्थल सुरक्षित राखिएको छ ।

उनी प्रहरी हवल्दारको रुपमा प्रहरी चौकी फलामेटारमा यही पुस ९ गतेबाट कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?