+
+
Shares

२१ फागुनमा होस् कि, जेठमा, कातिक, मंसिरतिर होस् चुनाव त हुन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहिले भएपनि मुलुकमा चुनाव हुने भएकाले त्यसको तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १७:३२

२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहिले भएपनि मुलुकमा चुनाव हुने भएकाले त्यसको तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पक्षमा चुनावी परिणाम ल्याउने गरी अगाडि बढ्न आग्रह गरेका हुन् ।

‘चुनाव २१ फागुनमा होस् कि, जेठमा होस् कि कात्तिक, मंसिरतिर होस् चुनाव त हुन्छ’ ओलीले भनेका छन्, ‘जहिले चुनाव भएपनि हामीले स्वीपआउट गर्ने हो । प्रमुख पार्टी बन्न धेरै मेहनत गर्नैपर्दैन । अरु पार्टी छँदै छैन त ।’

२१ फागुनका लागि तय भएको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मनोनयन भएर अगाडि बढिसकेको छ । प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गते हुँदैछ । प्रत्यक्ष तर्फको मनोनयन हुनु केही दिन अगाडि समेत एमालेका अध्यक्ष ओलीले जहिले भएपनि चुनाव हुने बताएका हुन् ।

एमालेका उम्मेदवारलाई चुनाव जित्न सजिलो रहेको पनि उनको दाबी छ । उनी भन्छन्, ‘विकास एमालेले गरेको छ । रेलको लिग बनाएको छ । जनकपुरमा रेल चलिरहेको छ । पूर्व पश्चिम रेलको लिग कहिले बन्छ जनताले हेरिराखेको छ’

मनमोहन अधिकारीको नेतृत्वमा ९ महिने सरकार बनेदेखि नै एमालेले जिम्मेवारी पाउँदा काम गर्न भन्ने जनतालाई परेको र त्यसअनुसार नै एमालेले नेतृत्व पाउँदा जनताको पक्षमा, विकासको पक्षमा काम गर्दै आएको उनले बताए ।

‘विकासको नेतृतव हामीले गरेका छौं । संविधान हाम्रो नेतृत्वमा बनेको हो’ अध्यक्ष ओली भन्छन्, ‘पहाडमुनिबाट गाडी छिर्न, बाटो बन्छ भन्ने धेरै जनताले थाहा पाएका थिएनन् । एमालेले त्यो बनाएर देखायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?