+
+
Shares

झापा पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १२:४१

५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।

त्यस्तै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री रहेका ओलीलाई स्थानहद लगाइएको थियो । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँबुझ समितिको सिफारिसमा उनीमाथि स्थान तोकिएको थियो ।

समितिले उनीसँग बयान लिएसँगै उनीविरुद्धको स्थानहद पनि फुकुवाइ भइसकेको छ । स्थानहद भएसँगै उनी सार्वजनिक कार्यक्रमका लागि बाह्य जिल्ला जान थालेका छन् । उनी जेनजी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?