+
+
Shares

अप्प दीपो भवः यात्रा मायादेवी मन्दिर पुगेर समापन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १३:३०

८ माघ, काठमाडौं । पशुपतिनाथ मन्दिरबाट सुरु भएको ‘अप्प दीपो भवः यात्रा’ बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको छ । ‘आफ्नो प्रकाश आफै‍ं बन’ भन्ने गौतम बुद्धको सूत्रवाक्यलाई आत्मसात् गर्दै लेखक अशोक सिलवाल यस यात्रामा निस्किएका थिए ।

‘सत्यम्, शिवम्, सुन्दरम्‌बाट अप्प दीपो भवःसम्मको यो यात्राले लेखनलाई भुईंका संवाद र संवेदनासँग जोड्दै सद्भाव, सहअस्तित्व र आन्तरिक उज्यालोको खोजलाई केन्द्रमा राखेको छ’ अप्प दीपो भवः यात्री सिलवालले बताए ।

एक हप्ता एक दिनको यात्रा समापन अवसरमा सिलवालले आफ्नो पुस्तक ‘अप्प दीपो भवः’ को दोस्रो संस्करण मायादेवी मन्दिरमा सार्वजनिक गरेका छन् । यसअघि कैलाश-मानसरोवर यात्राको अनुभव समेटिएको पुस्तकको पहिलो संस्करण तिब्बतको ल्हासास्थित विश्वप्रसिद्ध पोताला दरबारमा सार्वजनिक गरिएको थियो ।

लाङटाङ सद्भावनादूत समेत रहेका सिलवालका ‘अप्प दीपो भवः’बाहेक यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ र संसारशिर सगरमाथा आधारित भुईंतिर फर्किएको ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ लगायत प्रकाशित छन् ।

यात्राक्रममा स्थानीय विद्यालय, पालिका, धार्मिक तथा आध्यात्मिक केन्द्र, सामाजिक संघसंस्थासँगै विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग अन्तरक्रिया गरिएको थियो । अप्प दीपो भवः यात्रालाई धुनीबेसी नगरपालिका, तथा नौबिसे हेल्थपोस्ट, मलेखुस्थित मलेखु टिचिङ हस्पिटल, देवघाटस्थित गलेश्वर आश्रम, श्रीरामकुटी, दाउन्ने देवी मन्दिर संरक्षण तथा व्यवस्था समिती, साङक देक्षेनलिङक बौद्ध गुम्बा, राममणि बहुमुखी क्याम्पस, न्यु इन्भायरन्मेन्ट इंग्लिस सेकेन्डरी स्कुल, होटल संघ लुम्बिनी, राजकिय बोद्ध बिहारलगायतले स्वागत गरेका थिए ।

‘यात्रामा जोडिएर असँख्य मानिसले यो यात्रालाई जीवन्त बनाइदिए, त्यसैले यो यात्रा विशेष बन्यो’, सिलवालले थपे ‘अप्प दीपो भवः यात्रा फेरि चाँडै सुरु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?