+
+
Shares

झापा फर्किए बालेन, लिङ्देनसँग जम्काभेट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १९:३९

१९ माघ, विराटनगर । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बलेन शाह झापा आइपुगेका छन् । उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

माघ ६ गते मनोनयन दर्तापछि  कोशी प्रदेशका जिल्लाहरु घुमेका उनी माघ १० गते बेलुका काठमाडौं फर्किएका थिए ।

पश्चिम नेपालको यात्रापछि काठमाडौं फर्किएका उनी सोमबार साँझ यति एयरलायन्सको विमानमार्फत झापा आएका हुन् । झापा क्षेत्र नम्बर ३ का राजेन्द्र लिङ्देन पनि झापा आएका छन् । उनीहरूबीच विमानस्थलमा जम्काभेट भएको थियो ।

बालेन माघ १२ गते पश्चिम नेपालको यात्रामा निस्किएका थिए । अछाम पुगेका बेला उनीसँगै गएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला गम्भीर बिरामी परेपछि बालेन पनि काठमाडौं फर्किएका थिए । अछाममा बेहोस भएका सिटौलाको आइतबार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

काठमाडौंको मेयरबाट राजीनामा दिएपछि जनकपुरको सभामा सहभागी भएका उनी माघ ६ गते मंगलबार मनोनयनका लागि दमक पुगेका थिए ।

इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेर पाथिभरा मन्दिरको दर्शन गरेका उनी तेह्रथुम, संखुवासभा, धनकुटा र सुनसरी हुँदै विराटनगरबाट फागुन १० गते बेलुका काठमाडौं फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?