+
+

१८ तले कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- यहाँ आधुनिक शहर बनाइन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १७:००
PM Office

२३ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्ने बताएका छन् ।

१०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको पनि बताए ।

साथै उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण समेत उनले प्रस्तुत गरेका थिए । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।

चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?