News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले नेता देवेन्द्र दाहालले झापाका आगजनी र तोडफोड गरिएका कार्यालयहरू ७ कात्तिकमा अवलोकन गरेका छन्।
- दाहालले आन्दोलनका नाममा सार्वजनिक र निजी सम्पत्ति क्षति हुनु निन्दनीय भएको उल्लेख गरे।
- दाहालले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र दण्डहीनतालाई प्रश्रय दिन नहुने बताए।
७ कात्तिक, काठमाडौं । नेकपा एमाले नेता एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरू अवलोकन गरेका छन् ।
२३ र २४ भदौमा आगजनी र तोडफोड गरिएका कार्यालयहरूको उनले शुक्रबार अवलोकन गरे । त्यस क्रममा दाहालले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिनु निन्दनीय भएको बताए ।
आगजनी तथा तोडफोडमा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । दोषीलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रश्रय दिन नहुने उनले बताए ।
एमाले पोलिट ब्युरो सदस्य दाहाल सहित एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेश सभा सदस्य होमबहादुर थापासहितले आगजनी गरिएका इलाका प्रहरी कार्यालय, एमाले पार्टी कार्यालय, केन्द्रीय सदस्य ओलीको निवास, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास अवलोकन गरेका हुन् ।
प्रतिक्रिया 4