Comments Add Comment

टोपबहादुर रायमाझी

List Grid
माओवादी छाडेका एमाले नेता र विप्लवबीच छलफल

३ साउन, काठमाडौं । नेकपा विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेट गरेका छन् । विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग भेट गरेका हुन् । उनीहरुबीच ललितपुरको धापाखेलस्थित लेखराज भट्टको निवासमा करिब ३ घण्टा छलफल भएको थियो । भेटमा कम्युनिस्ट आन्दोलन […]

प्रचण्ड स्वघोषित नेतामात्रै हो : रायमाझी

२६ असार, काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए […]

माओवादी केन्द्र भूमिगत शैलीमा चलिरहेको पार्टी हो : टोपबहादुर रायमाझी

२५ असार, काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुगेका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको आरोप लगाए । २९ […]

दल बदलेका चार नेता सांसद र मन्त्रीबाट पदमुक्त

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुवै पदबाट पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह […]

चार मन्त्रीलाई सांसदबाट हटाउन प्रचण्डको पत्र, बादललाई किन गरेनन् कारबाही ?

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले  चार जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली–४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट–३ बाट निर्वाचित प्रभु साह र कैलाली-३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई कारबाही गरेको हो । माओवादी केन्द्रले दल त्यागको सूचना संघीय संसदमा पठाएको छ । अब सभामुखले संसद बैठकमा यसको जानकारी […]

शान्ति र स्थिरता लागि लड्दैछौं- मन्त्री रायमाझी

८ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन् । आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताए। आर्थिक समृद्धिमा टेवा पुर्‍याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन […]

ओलीको साथ छाडेर माओवादी केन्द्रमा फर्किंदैनौ : मन्त्री रायमाझी

२९ फागुन, काठमाडौं । नेकपा (एमाले)का नवमनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको जिकिर गरे । आफूहरु सही विचार, सिद्धान्त र […]

माओवादीमा फर्किन्नँ, माधव नेपाललाई एमालेमा स्वागत छ : रायमाझी

२७ फागुन, पोखरा । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । माओवादी नफर्किने जिकिर गरेका उनले एमालेमा माधव नेपाल समूहलाई स्वागत गर्ने बताए । एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा रायमाझी पद जोगाउन माओवादी केन्द्रमा नफर्किने बताए । विचार, राजनीतिर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए […]

फेरि मध्यावधि चुनावमा जानसक्छौं : मन्त्री रायमाझी

१४ फागुन, काठमाडौं । सरकारका एक मन्त्रीले मुलुक फेरि मध्यावधि चुनावमा जानसक्ने बताएका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझीका अनुसार अहिले सरकार गठनका चार विकल्प छन् । तर नयाँ सरकार बन्न नसके मुलुक मध्यावधितिर जाने सम्भावना धेरै रहेको उनले बताए । नेकपा ओली समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले भने, ‘सके सरकार बनाउने, कसैको […]

एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

२ माघ, बुटवल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे । ‘एमसीसी लागू गरौं या खारेज गरौं, तर अब अलमलको अवस्थामा बस्नु हुँदैन,’ […]

ऊर्जामन्त्रीले दोहोर्‍याए-लोडसेडिङ मेरै योजनाअनुसार हट्यो

२३ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी -९९ बुँदे) अवधारणापत्र र कार्ययोजनाबाटै लोडसेडिङ हटेको दोहोर्‍याएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तत्कालीन अवस्थामा मुलुकमा रहेको ऊर्जा संकटलाई तत्काल तथा दीर्घकालीन रुपमा समाधान गरी समृद्धिमा योगदान पुर्‍याउन वि.सं. २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट […]

टोपबहादुरको टिप्पणी : कुलमानहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन्, कति साथी मर्ने हुन् !

२१ पुस, काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले गत हप्ता मन्त्रालयका कर्मचारीलाई संयुक्तरुपमा निर्देशन दिँदै भनेका थिए, ‘काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमगित (अन्डरग्राउन्डिङ) गरेर ठीक गरिँदैछैन ।’ आइतबार गृहनगर सन्धिखर्क पुगेर उनले यो काम ‘खतरनाक’ भएको दोहोर्‍याए । मन्त्री रायमाझीले भने, ‘कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली […]

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै हुँ : ऊर्जामन्त्री रायमाझी

१९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा […]

ऊर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

१४ पुस, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् । रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए । माओवादी पृष्ठभूमिका रायमाझीले प्रचण्डको […]

१८ घण्टे लोडसेडिङका साक्षी टोपबहादुरको ऊर्जामा कमब्याक

१३ पुस, काठमाडौं । टोपबहादुर रायमाझी २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा हुँदै गर्दा देशमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ थियो । हिउँदमा १८ घण्टा लाइन काट्ने गरी क्रमैसँग लोडसेडिङ बढाउँदै जाने तालिका विद्युत प्राधिकरणमा तयार थियो । रायमाझी उर्जामन्त्रीबाट हटेको तीन महिना नबित्दै काठमाडौं उपत्यकाबाट सदाका लागि लोडसेडिङ हट्यो । जब कि ऊर्जा मन्त्रालय […]

एमसीसी सम्झौता लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

१२ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, ‘यो अपराध हो, […]

मणि थापा र टोपबहादुर ओलीतिर लागे

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । थापा र रायमाझी पूर्वमाओवादी हुन् । अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् । पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै […]

केही नेता मिलेर हुन्न, ग्रासरुटको भावना बुझेर एकता गर्नुपर्छ

१४ वैशाख, काठमाडौं । माओवादी युद्धकालदेखि नै पार्टीभित्रको दुईलाइन संघर्षमा टोपबहादुर रायमाझीले डा.बाबुराम भट्टराईलाई साथ दिए । त्यसो त नेकपा मसालबाट विद्रोह गरेर प्रचण्डसँग सहकार्य गर्दा पनि रायमाझी बाबुरामसँगै थिए । शान्ति प्रक्रियामा आएपछि पनि उनले सधैं बाबुरामलाई नै साथ दिए । तर, संविधानसभाबाट संविधान जारी भएपछि बाबुरामले गरेको बिद्रोहको सबैभन्दा आलोचना रायमाझीले नै गरे […]

दुबै पार्टीलाई चित्त बुझेपछि मात्र एकता हुन्छः टोपबहादुर रायमाझी

१३ चैत,बुटवल । पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले दुबै दलको चित्त बुझे मात्रै पार्टी एकता हुने बताएका छन् । उनले दुबै दललाई चित्त बुझ्दो गरी पार्टी एकता हुने उल्लेख गर्दै एकअर्काको चित्त नबुझे पार्टी एकता नहुने बताए । ‘ढिलो चाडो एकता हुन्छ,प्रधानमन्त्रीको भारत भ्रमण अघिपछि भन्ने सवाल नै छैन’ बुटवलमा रिर्पाेटस् क्लव प्रदेश […]

टोपबहादुरलाई अर्घाखाँचीवासीको प्रश्न– विमानस्थल कहिले बन्छ ?

१३ कात्तिक, सन्धिखर्क । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अर्घा भगवती विमानस्थल शिलान्यास गरेको सोमबार १६ महिना पूरा भयो । तर, अझैसम्म विमानस्थल निर्माणको काम सुरु भएको छैन । धुमधाम पूजाआजासहित गत वर्ष असार १३ गते विमानस्थल शिलान्यास गर्दा रायमाझीले दाबी गरेका थिए– एक वर्षभित्रमा आधारभूत रूपमा हवाइजहाज उड्नेछ । तर, अहिलेसम्म काम सुरु नहुँदा जिल्लाबासी […]

टोपबहादुरको घोषणाः ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव आए विपक्षमा भोट हाल्छु

१० मंसिर, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् । विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले भने, ‘मेरो लागि देश र जनता ठूलो […]