News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि एमाले नेता टोपबहादुर रायमाझीले पनि बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त हुन खोजेका छन्।
- रायमाझीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए तर अदालतले उनको माग अस्वीकार गर्यो।
- उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंबाट कैफियत प्रतिवेदन र मिसिल झिकाउन आदेश दिएको छ।
२५ पुस, काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् ।
रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी रायमाझीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए ।
जिल्ला अदालत काठमाडौंले उनको माग अस्वीकार गर्यो । जिल्ला अदालतको आदेश विरुद्ध रायमाझी उच्च अदालत पाटन पुगेका छन् ।
उच्च अदालत पाटनले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट कैफियत प्रतिवेदन र अरू मिसिल झिकाउन आदेश गरेको छ । जिल्ला अदालतले फाइल पठाएपछि निवेदनमाथि सुनुवाइ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4