Comments Add Comment

नन्दबहादुर पुन

List Grid
राष्ट्रपति भन्छिन्- २०७७ साल उपलब्धिपूर्ण, उपराष्ट्रपति भन्छन्- बितेको वर्ष सुखद् रहेन

१ वैशाख, काठमाडौं । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले छुट्टाछुट्टै सन्देश जारी गर्दै सबै नेपालीमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले २०७७ साल राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको उल्लेख गरे पनि उपराष्ट्रपति पुनले भने वितेको वर्ष सुखद नरहेको जनाएका छन् । राष्ट्रपति भण्डारीले नेपालको कालापानी, […]

महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य बन्न सक्दैन : उपराष्ट्रपति पुन

२४ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य हुनुपर्ने बताएका हुन् । ‘महिला हिंसाका घटनाको न्यूनीकरण […]

प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको […]

तिलक परियारलाई हटाएर पत्रकार अहिराजलाई प्रदेश प्रमुख बनाइयो, उपराष्ट्रपति र सभामुखद्वारा सपथ बहिस्कार

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी छिन् । प्रदेश प्रमुख बन्नुअघि नेकपाका नेता रहेका परियार ओली समूहमा नलागेका कारण उनलाई हटाइएको हो । परियारलाई हटाएलगत्तै शुक्रबार नै मधेस मिडिया हाउसका पत्रकार डा. राजेश अहिराजलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रदेश प्रमुखको सपथ ग्रहण गराएकी छन् […]

प्रजातन्त्र दिवस मनाइरहँदा मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् : उपराष्ट्रपति पुन

७ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको बताएका छन् । पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता […]

संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु पनि हो : उपराष्ट्रपति पुन

१६ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पाशाङ्ग)ले शहीद दिवसले संविधानको रक्षा र पूर्ण पालन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा सन्देश दिँदै उपराष्ट्रपति पुनले संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु पनि हो भनेका छन् । तर संविधान कार्यान्वयनको चरणमै प्रश्न उठेकोमा उनले दुःख व्यक्त गरेका छन् । […]

संविधानको पूर्णपालन र संरक्षण अनिवार्य : उपराष्ट्रपति पुन

१ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक […]

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा तमु ल्होसार र उधौलीको शुभकामना

१५ पुस, काठमाडौं । आज गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । यी पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत […]

उपराष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

२९ मंसिर, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन् । सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताएका थिए । उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति […]

दसैंलाई कोरोना फैलने माध्यम बन्न नदिऔं : उपराष्ट्रपति पुन

१० कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले महान चाड बडादशैंलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दशैं विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेको उल्लेख […]

श्रमिक केन्द्रित कार्यक्रम ल्याउन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

१९ वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी  कठिन बनेकोले उचित ध्यानदिनु पर्ने बताएका हुन् । श्रमिक मजदुरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनु पर्ने उनको […]

उपराष्ट्रपतिले लगाए बुबाको हातबाट दशैंको टीका

२१ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन् । पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन् । उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

छेन्दु पुगे उपराष्ट्रपति पुन, आजै उच्चस्तरीय भेटघाट

३ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् । उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका छन् । उपराष्ट्रपति छेन्दुमा बिहीबारबाट सुरु हुने ‘१७ […]

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा किन आएनन् उपराष्ट्रपति ?, कुर्सी व्यवस्था नभएपछि ‘अस्वस्थ’

७ जेठ,काठमाडौं । आसनमा असन्तुष्टि जनाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अनुपस्थित भएका छन् । यद्यपी पुनको सचिवालयले भने अस्वस्थताका कारण संसदको संयुक्त बैठकमा उपस्थित हुन नसकेको जनाएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने समारोहमा उपराष्ट्रपति पनि सहभागी हुने प्रचलन थियो । राष्ट्रपतिले सभामुख आसनसँगै बसेर सम्बोधन गर्दा […]

आसनमा असन्तुष्टि जनाउँदै उपराष्ट्रपति पुन संसदमा अनुपस्थित !

७ जेठ,काठमाडौं । आसनमा असन्तुष्टि जनाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अनुपस्थित भएका छन् । यद्यपी पुनको सचिवालयले भने अस्वस्थताका कारण संसदको संयुक्त बैठकमा उपस्थित हुन नसकेको जनाएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने समारोहमा उपराष्ट्रपति पनि सहभागी हुने प्रचलन थियो । राष्ट्रपतिले सभामुख आसनसँगै बसेर सम्बोधन गर्दा […]

उपराष्ट्रपति पुनले लिए सपथ, ९ तस्वीर

५ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा […]

उपराष्ट्रपति पुनले भने– मुलुक अब नयाँ युगमा प्रवेश गर्‍यो

२८ मंसिर, नेपालगन्ज । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तहको निर्वाचनेदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समेत सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले नेपालगन्जमा आयोजना गरेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । उपराष्ट्रपति पुनले तीन तहको […]

उपराष्ट्रपति पुनद्वारा संविधान पूर्ण कार्यान्वयनको कामना

२ असोज, काठमाडाैं । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिदै संविधान पूर्ण कार्यान्वयनको कामना गरेका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश दिदै उपराष्ट्रपति पुनले संविधान जारी भएको दुई वर्षमा उत्साहपूर्ण रुपमा संविधान कार्यान्वयन भइरहेको भन्दै पूर्ण रुपमा कार्यान्वयन हुनेमा विश्वस्थ रहेको बताएका छन् । प्र्रदेश र संघको निर्वाचन पनि सम्पन्न […]

राष्ट्रसङ्घीय पद्धतिमा व्यापक सुधार आवश्यकः उपराष्ट्रपति

२ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन (नाम) शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताएका छन् । भेनेज्वेलाको मार्गरिटा टापूमा जारी नामको १७ औँ शिखर बैठकलाई आज सम्बोधन गर्दै पुनले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको असमानतालाई हटाउन र सबैको साझा समृद्धिका लागि विश्वव्यापी आर्थिक न्यायका पक्षमा नामले आफूलाई उभ्याउनुपर्ने धारणा राखे । नामका आधारभूत […]

उपराष्ट्रपतिको ‘सवारी’मा उनकै छोराको असन्तुष्टि

३ असार, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनका कान्छा छोरा दिपेश विहीबार दिउँसो लैनचौरबाट बौद्धतर्फ जाँदै थिए । गौशाला पुगेपछि उनी चढेको माइक्रो रोकियो । एकैछिनमा सवारी साधनको लामो जाम भइसकेको थियो । ‘केको जाम हो ?’ भन्दै यात्रुहरु भुट्भुटिन थाले । हतारमा रहेका दीपेश पनि जाममा फसेपछि दिक्क भए । यत्तिकैमा एक यात्रुले भनेको सुने, […]

साताव्यापी चीन भ्रमण सकेर उपराष्ट्रपति पुन आज स्वदेश फर्कदै

२ असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन साताव्यापी चीन भ्रमणमा सकेर आज स्वदेश फर्कदै छन् । उनी आज दिउँसो सवा ३ बजे चाइना इस्टर्न एयरलाइन्सको उडानबाट स्वदेश फर्कन लागेका हुन् । स्वदेश फर्कनु अघि उपराष्ट्रपति पुन आज बिहान चीनको शी स्वाङबाट एक घण्टाको उडानमा कुन्मिङ र कुन्मिङबाट अपरान्ह स्वदेश फर्कन लागेका हुन् । चीनको औपचारिक […]