Comments Add Comment

नेपालगञ्ज मेडिकल कलेज

List Grid
सुनील शर्माले किने नेपालगञ्ज मेडिकल कलेजको आधा शेयर

६ साउन, विराटनगर । मेडिकल शिक्षा व्यवसायी डा. सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर खरिद गरेका छन् । शर्मा नोबल मेडिकल कलेज विराटनगरका सञ्चालक हुन् । दुई अर्ब मूल्यांकन गरिएको नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् । नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिदका लागि सम्झौता भइसकेको नोबेल मेडिकल […]

चार महिनादेखि तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

३१ जेठ, काठमाडौं । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताए । ‘असार २ […]

कोरोना संक्रमण घटेसँगै कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सेवा सुचारु

२४ जेठ, नेपालगञ्ज । कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले बहिरंग सेवा (ओपीडी) सुचारु गरेको छ । यसअघि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस संक्रमण घटेसँगै  आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका […]

नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने

२२ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण भएका थप बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी […]

जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको बाँकेमा मृत्यु

१८ असोज, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् […]

नेपालगञ्ज मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु

१५ असोज, बुटवल । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० […]

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

२२ भदौ, रुपन्देही । बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८:३० बजे मृत्यु भएको हो । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी तीन दिनसम्म नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए । भदौ १८ गते स्वास्थ्यमा समस्या […]