Comments Add Comment

नेपाल-चीन सीमा

List Grid
चीन सरकारलाई शाहीको चुनौती : नेपालको सीमा नमिचेको प्रमाण देऊ

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलिनुमा शाहीको हात रहेको समाचार प्रकाशित गरेको थियो । कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको दाबी ग्लोबल […]

हुम्ला सीमा विवाद : चीनले गर्‍यो सर्भे, नेपालको छैन सुरसार

२ कात्तिक, काठमाडौं । दुई देशीय सिमानामा आफूले निर्माण गरेका भवनहरुका सम्बन्धमा नेपालमा प्रश्न उठेपछि चीन सरकारले सो क्षेत्रमा नापी विभागका प्राविधिकहरु पठाएर पुनः सर्भे गरेको छ । चिनियाँ अधिकारीहरुका अनुसार त्यस स्थानमा भवन निर्माण अगाडि नै विस्तृतरुपमा सर्वे र नक्साङ्कन गरिएको थियो । तर, भवन बनाएको भूभाग नेपाल पर्ने भनी प्रश्न उठेपछि दोस्रोपटक सर्भे […]

देशको सीमाको विषयमा समेत दलीय मतभिन्नता

२९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको लिमीमा चीनले नेपालको दुई किलोमिटर क्षेत्र अतिक्रमण गरेको निश्कर्ष निकालेको छ । पूर्वमन्त्री तथा हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाही नेतृत्वको टोलीको ११ दिने स्थलगत अवलोकनपछि कांग्रेस यस्तो निचोडमा पुगेको हो । १२ नम्बर सीमास्तम्भ नयाँ जस्तो देखिएको, कतिपय स्थानमा चीनले दशगजामा विभिन्न संरचना र नौवटा […]

कांग्रेसले भन्यो : हुम्लामा चीनले सीमा मिचेकै हो, सरकारको मौनता राष्ट्रघात

२८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको भन्दै कांग्रेसले सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ […]

हुम्लाका सांसद जीवनबहादुर शाहीको दाबी– चीनले सीमा मिचेकै देखियो

२६ असोज, काठमाडौं । नेपाली भूमिमा चीनले नौ वटा भवन बनाएको समाचार आइरहेका बेला ७ असोजमा सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले भूमि अतिक्रमण नगरेको बताए । सीमा क्षेत्रको स्थलगत अनुगमनपछि भूमि मिचिएको विषयमा अभिव्यक्ति दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसँग गृह मन्त्रालयले ७ असोजमै लिखित स्पष्टीकरण […]

१३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा

१० असोज, काठमाडौं । नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षणका लागि नेपाली टोली सीमा क्षेत्रमा पुगेको छ । मुगुका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशव ज्ञवालीको नेतृत्वमा १४ सदस्यीय निरीक्षण टोली खटिएको प्रजिअ कृष्णकुमार निरौलाले जानकारी दिए । उनका अनुसार निरीक्षण टोलीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष लगायत छन् । सीमा क्षेत्र […]

भूकम्प र भोटेकोशीको वितण्डापछि तातोपानी नाका (फोटो फिचर)

११ कात्तिक, काठमाडौं । विनाशकारी भूकम्प र ठीक एक वर्षपछिको भोटेकोशीको बाढीले क्षतविक्षत भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे-तातोपानी सडक सुचारु भएको छ । भोटेकोशीले कटान गरेको सडक चीनको सडक विभाग र डिभिजन सडक कार्यालयले मर्मत गरेर सुचारु गरेको हो । अहिले नेपाल-चीन सीमा लिपीङको बसपार्कसम्म साना सवारी साधन सञ्चालन सुरु भएको डिभिजन सडक […]