Comments Add Comment

नेमार

List Grid
मेसी र नेमार कोपाको बेस्ट प्लेअर

२७ असार काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो । ‘एक मात्र खेलाडी छान्नु सम्भव छैन किनकी यो प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी छन,’ […]

नेमारले आफ्नो कीर्तिमान तोडेको हेर्न चाहन्छन् पेले

४ असार, काठमाडौं । फुटबल सम्राट पेलेले आफ्नो देशका खेलाडी नेमारको प्रशंसा गर्दै उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेको हेर्न चाहेको बताएका छन् । घरेलु मैदानमा भइरहेको कोपा अमेरिकामा नेमारले दुवै खेलमा गोल गर्दै राष्ट्रिय टिममा गोल संख्या ६८ पुर्‍याएका छन् । उनी पेलेको कीर्तिमानी ७७ गोल भन्दा ९ गोलले मात्र पछि रहँदै […]

फुटबल छाड्ने मनस्थितिमा पुगेका थिए नेमार

४ माघ, काठमाडौं । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड नेमारले कुनै समय आफू फुटबल छाड्ने अवस्थामा पुगेको आश्चर्यजनक खुलासा गरेका छन् । अहिले जुन खेल खेलिरहेका छन् त्यही खेलमा उनी सधैँ खुशी थिएनन् । नेमारले कुनै समयम आफूले फुटबल करियरलाई अन्त्य गर्न चाहेको खुलासा गरेका हुन् । ‘मैले आफैँलाई एकपटक सोधेँ […]

एक च्यालेन्ज, जसले नेमारलाई स्ट्रेचरमा मैदान छाड्न बाध्य बनायो

२९ मंसिर काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीचको खेलको नतिजा नेमारले भोगेको गम्भीर चोटले छायामा पार्‍यो । घरेलु मैदानमै पीएसजी लियोनसँग १-० ले पराजित भएको थियो । खेल अवधिभर नेमारलाई विपक्षी खेलाडीले ६ पटल फाउल गरेका थिए । छैटौं फाउल खेलको इन्जुरी टाइमको छैटौं मिनेटमा थियो । थियागो मेन्डेसको खराब […]

अर्को वर्ष मेसीसंगै खेल्ने नेमारको चाहना

१८ मंसिर, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलका फरवार्ड नेमारले अर्को वर्ष बार्सिलोनाका कप्तान लिओनल मेसीसँग एउटै टिममा  रहेर फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् । नेमार र मेसीले चार वर्षसम्म बार्सिलोनाबाट सँगै खेलेका थिए । त्यसपछि नेमार सन् २०१७ मा कीर्तिमानी रकममा फ्रेन्च क्लब पिएसजी गएपछि उनीहरुको सहकार्य टुटेको […]

इन्जुरी टाइमको गोलमा पिएसजी विजयी, नेमारलाई दुई खेल प्रतिवन्ध

१ असोज, काठमाडौं । साविक विजेता परिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा यस सिजन पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजित पिएसजीले युलियन ड्राक्सलरको इन्जुरी टाइम गोल मद्दतमा मेट्जलाई १-० ले पराजित गरेको हो । डिएल्लो ६५औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पिएसजी १० खेलाडीमा झरेको थियो । तर ड्राक्सलरले […]

नेमारसहित पिएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

१८ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ । पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो । तर नाम खुलाइएको थिएन। तर अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले […]

नेमार र एमबाप्पेले गुमाएको अवसर

८ भदौ, काठमाडौं  । च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसंग १- ० ले पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमारले आँशु झारेको फोटो चर्चामा रह्यो । पछिल्ला वर्षहरुमा कतारी मालिकले १,२५४ मिलियन युरो फ्रेन्च क्लबको लागि खर्च गरेको थियो । तर बायर्नसंगको हारले पीएसजी व्यवस्थापन, खेलाडी र समर्थकलाई निराश बनायो । कतारी मालिककले क्लब […]

विश्वकपसम्म ठीक होलान् त नेमार ?

१० जेठ, काठमाडौं । विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेमार आगामी जुन १४ देखि रसियामा हुने विश्वकप फुटबलसम्म मैदान र्फकने कसरतमा लागेका छन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट क्लब फुटबल खेल्ने नेमार गएको फेबु्रअरीको अन्तिम समयदेखि चोटका कारण मैदानबाहिर छन् । मैदानबाहिर लामो समय रहेर पनि […]