Comments Add Comment

पञ्चेश्वर

List Grid
बाढीले पञ्चेश्वर गाउँपालिकाका एक दर्जन घरमा क्षति

२७ जेठ, बैतडी । पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले  एक दर्जन घरमा क्षति पुगेको छ । गए रातिदेखिको भारी वर्षाका कारण बिहीबार बिहान आएको बाढीले घरमा क्षति पुर्‍याएको हो । बस्खेत खोलामा आएको बाढीले अड्तोला र बैतागाउँमा रहेका एक दर्जन बढी घरमा क्षति पुर्‍याएको स्थानीयवासी भोजराज भट्टले जानकारी दिए । उनले भने, […]

पञ्चेश्वरबारे भारतसँग वार्ता टुट्यो, ६ महिनामा टुग्यांउने भनिएको डीपीआर २५ वर्षसम्म छलफलमै

७ मंसिर, काठमाडौं । पञ्चेश्वर बहुद्देश्यीय आयोजनाबारे दुई वर्षदेखि नेपाल-भारत सम्वाद भएको छैन । गत वर्षको मंसिरमा पञ्चेश्वर विकास प्राधिकरणको ‘गभर्निङ बडी’को बैठक बसेपनि प्रशासनिक पक्षबाहेक आयोजनाको विवादबारे छलफल भएको थिएन । नेपाल-भारतबीचका मुख्य विवादबारे छलफल गर्न २०७५ फागुनमा विज्ञ समूहको तेस्रो बैठक काठमाडौंमा बसेको थियो । त्यसपछि विज्ञ समूहको बैठक बोलाउने पालो भारतको हो […]

‘भारतीय विदेश सचिवको भ्रमणमा सीमा विवाद र ईपीजी प्रतिवेदनबारे कुरा गर्नुपर्छ’

८ मंसिर,काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाको नेपाल भ्रमणको क्रममा सीमा विवाद, ईपीजी प्रतिवेदन र विकासका ठूला परियोजनालाई अगाडि बढाउने विषयमा ठोस कुराकानी हुनुपर्ने बताएका छन् । श्रींगला मंसिर ११ गते नेपालको औपचारिक भ्रमणमा आउँदैन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसेन (एआईडीआईए) ले भारतको विवेकानन्द इन्टरनेसनल […]

पञ्चेश्वरको डिपिआरमा जुटेन सहमति

२३ भदौ, काठमाडौं । भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नहुने भन्दै अग्राधिकारको विषय उठाएपछि पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले अन्तिम रुप प्राप्त गर्न सकेन । भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न दुई देशका सचिवस्तरीय प्राविधिक समितिको बैठक निष्कर्षविहीन हुन पुगेको बैठकमा सहभागी अधिकारीले जानकारी दिएका छन् […]

महाकाली नदीको ३ प्रतिशत पानी अन्य प्रयोजनमा लगाउन नेपाल तयार

१८ भदौ, काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका क्रममा महाकाली नदीको ३ प्रतिशत पानी अन्य प्रयोजनमा लगाउन नेपाल तयार भएको छ । तर, भारतलाई तल्लो शारदाको लागि कर्णालीको पानी नदिने अडान भने नेपालले छाड्ने छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पञ्चेश्वरको डीपीआर एक महिनाभित्र तयार गर्ने सहमति भएको थियो । सहमति अनुसार डीपीआरबारे […]

पञ्चेश्वरमा फेरि पानी विवाद, डीपीआर हुनेमा आशंका

२३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धिको महत्त्वपूर्ण अवयव पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन हुनेमा आश्वस्त पारिरहेका बेला नेपाल र भारतबीच महाकालीको पानीलाई लिएर पुनः विवाद चर्केको छ । यो विवादले पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेमा आशंका बढेको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । आगामी भदौ ५ गतेदेखि दुई दिन काठमाडौंमा […]

पञ्चेश्वर आयोजनाको डिपिआर अध्ययन लम्बियो

२४ जेठ, काठमाडौं । नेपाल र भारतको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को अध्ययन कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । गत फागुन २१ गते सम्पन्न भएको गभर्निङ काउन्सिल (सचिवस्तरीय) को बैठकले आयोजनाको डिपिआरको अध्ययन कार्य आगामी असार १५ सम्म सक्ने सहमति गरेको थियो । आयोजनाले […]