Comments Add Comment

पशुपति क्षेत्र विकास कोष

List Grid
पशुपतिमा शव जलाउन पनि घुस !

२६ कात्तिक, काठमाडौं । पशुपति आर्यघाटको चिता नम्बर १ मा दुई साताअघि खोटाङकी चुनादेवी कटुवालको शव जलाइँदै थियो । मलामी गएका आफन्तहरु भावविह्वल थिए । दाहसंस्कार सकिएपछि मृतकका आफन्त हेमराज कार्कीले शव जलाउने काममा खटिएका शव जलाउने व्यक्तिलाई नजिकै बोलाए र ६०५ रुपैयाँ दिए । त्यहाँ लाग्ने खर्च सबै पशुपति क्षेत्र विकास कोषमा पहिले नै […]

गुरुयोजनाको विरोधमा पशुपति क्षेत्र विकास कोषमा घेराउ (फोटो फिचर)

२१ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले पशुपति क्षेत्र विकास कोष घेराउ गरेका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा स्थानीयवासीहरुले बुधबार बिहान नाराबाजीसहित कोषमा धर्ना दिएका हुन् । पशुपतिनाथको प्राचीनता मासिने भन्दै स्थानीयले गुरु योजनाको विरोध गर्दै आएकका छन् । यसअघि संघर्ष समितले धर्नासमेत दिएको […]

पशुपति क्षेत्रमा स्थानीयवासीको प्रदर्शन (फोटो फिचर)

१९ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले सोमबार प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप […]

पूर्व पदाधिकारी भन्छन् : पशुपति गुरुयोजनाको पाना–पानामा गल्ती छ

९ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको नयाँ गुरुयोजनाको विरोधमा कोषकै पूर्व पदाधिकारीहरु समेत संगठित भएका छन् । यसअघि स्थानीय र सम्पदा प्रेमीहरुले गर्दै आएको विरोधलाई बल पुग्ने गरी बुधबार १३ जना पूर्व पदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरे । गत पुष १९ गते कोषको सञ्चालक परिषद्ले स्वीकृत गरेर संस्कृति पर्यटन तथा नागरिक […]

लकडाउनले पशुपति कोषलाई ६० करोड घाटा

२६ भदौ, काठमाडौं । कोभिड १९ का कारण सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)पछि पशुपतिनाथको व्यवस्थापनका लागि खुलेको पशुपति क्षेत्र विकास कोषलाई ६० करोड घाटा लागेको छ । छ महिनादेखि भक्तजनको लागि मन्दिर बन्द हुँदा विभिन्न शीर्षकमा हुने आम्दानी शून्यमा सीमित भएको छ । जसका कारण कर्मचारीलाई तलबभत्ता दिन समेत समस्या भएको पशुपति क्षेत्र विकास कोषका […]

व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई

१७ साउन, काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् । उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका […]

पशुपति क्षेत्र विकास कोष खारेज गर्न स्थानीय जनप्रतिनिधिको माग

१६ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा बोल्ने […]