+
+
Shares

पशुपति क्षेत्र विकास कोष ऐन समय सापेक्ष परिमार्जन हुन्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १३:४६

१७ वैशाख, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन गरी समय सापेक्ष बनाइने बताएका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए ।

उनले चाँडै मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद् लैजाने प्रतिबद्धता व्यक्त गरे ।

पशुपतिनाथ विश्व हिन्दू धर्मावलम्बीका आस्थाको धरोहर रहेको भन्दै उनले यसले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान समेत दिएको बताए ।

मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानका रूपमा रहेको पशुपतिनाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?