+
+
Shares

पशुपतिमा राजनीतिको छायाँ पर्न दिनु हुँदैन : प्रधानमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताइन्।
  • उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक हुने र राजनीतिक कार्यकर्ता भर्ती गर्नु गलत हुने उल्लेख गरिन्।
  • प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्रमा राजनीतिको छायाँ पर्न दिन नहुनेमा जोड दिइन्।

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताएकी छन् ।

कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन् ।

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ ।

प्रधानमन्त्री कार्कीले पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरू हुन्छन् । परम्पगत मान्यता र रीतिथितिहरु हुन्छन् । ती हाम्रा मौलिक संस्कृति हुन् । यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो ।’

प्रधानमन्त्री कार्कीले पशुपतिमा राजनीतिको छायाँ पर्न दिन नहुनेमा जोड दिइन् । उनले पशुपति क्षेत्र विकास कोषमा काम गर्ने व्यक्ति धार्मिक आस्थाको हुनुपर्ने भन्दै त्यहाँ बसेर राजनीतिको आस्था बढाउन नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?