Comments Add Comment

पाथीभरा मन्दिर

List Grid
पाथीभरा मन्दिर दर्शनार्थीका लागि असोज १ गतेदेखि खुल्‍ने

३० भदौ, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड-१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको […]

पाथीभरा मन्दिरमा पूजापाठ र दर्शन गर्न रोक

१० वैशाख, ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ । दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो । पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न […]

हेलिकप्टरबाट पानी हालेपछि आगलागीबाट जोगियो पाथीभरा मन्दिर

१४ पुस, ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा […]

पाथीभरा मन्दिरका ४० लाख बराबरका सिक्का साटिँदै

६ भदौ, ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा सटही हुन नसकी थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापाको दमकस्थित कन्काई विकास बैंकले सिक्का साट्ने भएको हो । बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर पठाइएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिले जनाएको छ । सिक्का पाथीभरा मन्दिरबाट भालुगौंडेसम्म बोकेर ल्याइएका सिक्का त्यहाँबाट […]