Comments Add Comment

पीसीआर परीक्षण

List Grid
मध्यपुरथिमि नगरपालिकाले दश हजारको एकै पटक एन्टीजेन र पीसीआर परीक्षण गराउने

४ असार, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टीजेन र पीसीआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०:०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टीजेन र पीसीआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । जिल्लामा सङ्क्रमित […]

पत्रकारलाई पीसीआर परीक्षणमा केडिसी ल्याबले ५० प्रतिशत छुट दिने

१५ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा बसुन्धारामा रहेको केडिसी पिसिआर ल्यावले पत्रकारहरुलाई पचास प्रतिशत छुटमा पिसिआर गरिदिने भएको छ । कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याब व्यबस्थापन र महासंघ काठमाडौं शाखा बिच उक्त सम्झौता भएको हो । महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरु, […]

टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित

२८ वैशाख, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको […]

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु, कोरोना परीक्षण रिपोर्ट हेरेर मात्रै प्रवेश

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् । […]

सरकारले भन्यो- तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिनू

१४ वैशाख, काठमाडौं । सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएकाले थप शुल्क नलिन आग्रह गरेको छ । सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र […]

सुरिया ल्याबले ‘पोजिटिभ स्वाब’ लिएर ‘नेगेटिभ’ नतिजा दिएको भेटियो : प्रहरी

१२ वैशाख, काठमाडौं । सिनामंगलको सुरिया हेल्थ केयरले कोभिड–१९ भाइरसको पोजिटिभ स्वाब परीक्षण गरेर नेगेटिभ रिपोर्ट दिएको पाइएको प्रहरीले जनाएको छ । अपराध महाशाखाले चलाएको विशेष अपरेशनमा नेगेटिभ रिपोर्ट प्राप्त चारजनाको भनेर परीक्षण गराइएको स्वाब पुनः जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रहरीले जनाएको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला […]

‘संक्रमण घटेको तथ्यांकले झुक्याइरहेको छ, कोरोना जोखिम टरेको छैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांक हेर्दा लाग्छ, नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण निरन्तर घटेको छ । महामारी नियन्त्रणका लागि सरकारले गज्जब काम गरिरहेको प्रतीत हुन्छ । नेपालमा साँच्चै कोरोना महामारीको जोखिम टरेको हो त ? हामी संक्रमणको कुन अवस्थामा छौं ? तथ्यांकभित्रको वास्तविकता के हो ? यी विषयमा संक्रामक रोग विशेषज्ञ […]

पीसीआर टेष्ट गर्न सरकारी परिचयपत्र अनिवार्य

७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि […]

विदेश जान प्रयोगशालाबाट नक्कली पीसीआर रिपोर्ट !

३ मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट देखाएर विदेश पुगेका केही यात्रुमा पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि नेपालका प्रयोगशालाहरुमाथि प्रश्न उठेको छ । नेपालबाट कोरोना संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ देखाएर गएकाहरुमा विदेशमा पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङले तीन पटक प्रतिवन्ध लगाइसकेको छ । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको विमानस्थलबाट पनि […]

तिलोत्तमा नगरपालिकाले पीसीआर परीक्षण निःशुल्क गर्ने

४ कार्तिक, बुटवल । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) नि:शुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नगरवासीको कोरोना […]

कारागारमा एक सातामा दुई संक्रमितको मृत्यु, १६ जनाको मात्रै पीसीआर जाँच

३० असोज, विराटनगर । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका इटहरी- ४ सुनसरीका २० वर्षीय युवकको २३ असोज बिहान मृत्यु भयो । उनलाई अघिल्लो दिन बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिए पनि उनले समयमा नै उपचार पाएनन् । १४ असोज बेलुका लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका इटहरी कै २७ वर्षीय […]

सर्वोच्चको फैसला : निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण नि:शुल्क बनाऊ

२७ असोज, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गर्न सरकारलाई आदेश दिएको छ । निजी प्रयोगशाला र भिसा प्रयोजनका लागि गरिने पीसीआर परीक्षणमा पनि शुल्क नलिन अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको हालै प्राप्त […]

निजी ल्याबको पीसीआर परीक्षण शुल्क विवाद मिलाउने जिम्मा अफिनलाई

१८ असोज, काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् । अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण नगरुञ्जेल भने निजी प्रयोगशालाले पनि पीसीआर परीक्षणको शुल्क २ हजार मात्र लिने भएका छन् । पीसीआर […]

सरकारलाई निजी ल्याबहरुको चुनौती, पीसीआर टेष्टको ३८९९ रुपैयाँ लिने घोषणा

१२ असोज, काठमाडौं । कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् । सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

‘पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू’

११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको छ । उनले भनेका छन्, ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि […]

लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने

४ असोज, काठमाडौं । सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर […]

गौर अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

२ असोज, असोज । रौतहटको गौर अस्पतालमा शुक्रबार पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । प्रदेश २ सरकारको सहयोगमा कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर ल्याब स्थापना गरिएको हो । प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुक्रबार एक कार्यक्रमका बीच पीसीआर परीक्षण ल्याबको उदघाटन गरेका छन् । ल्याबले ६ घण्टा भित्रमा […]

दुई हजारमा पीसीआर परीक्षण गर्न सकिँदैन : निजी प्रयोगशाला

२९ भदौ, काठमाडौं । निजी प्रयोगशालाहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँमा नोवेल कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न नसकिने जनाएको छ । दुई हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकहरूद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत दुई हजार रुपैयाँ भन्दा बढी पर्ने उनीहरूको दाबी […]

अब सबै ल्याबमा दुई हजारमै पीसीआर परीक्षण

२८ भदौ, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो […]

लुम्बिनी प्रादेशिक अस्पतालमा २५०० मै पीसीआर परीक्षण

२८ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना परीक्षण शुल्क घटाएको छ । यसअघि सुरुमा ५५ सय र पछि ४४ सय रुपैयाँ लिइँदै आएको पीसीआर परीक्षण शुल्क सोमबारदेखि २५ सय रुपैयाँ लिने निर्णय भएको छ । त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाहरुका लागि निःशुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिइने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. […]

कर्णालीमा ६५ हजारको पीसीआर परीक्षण, २७०० संक्रमित

२५ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ६५ हजारजनाको पीसीआर परीक्षण गर्दा २७ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँचवटा र अन्य प्रदेशका प्रयोगशालाबाट बुधबारसम्म ६५ हजार २७५ जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये २७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । […]