Comments Add Comment

भोकमरी

List Grid
भोकमरीको सूचिमा नेपाल ७३ औं स्थानमा

१ कात्तिक, काठमाडौं । विश्व भोकमरी सूचि सन् २०२० मा १०७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । सो अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको थियो । यो अवस्था भनेको मोडरेट अवस्था हो, जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन । दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८, बंगलादेश […]

थप १३ करोड मानिस भोकमरीमा पर्न सक्छन् : संयुक्त राष्ट्रसंघ

३० असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभर थप १३ करोड मानिसहरुले भोकमरीको सामना गर्नु पर्न सक्ने बताएको छ । राष्ट्रसंघका अनुसार गत वर्ष विश्वभर भोकमरीको सामना गर्ने मानिसको संख्या एक करोडले बढेको थियो । यस वर्ष भने त्यो संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने देखिएको हो । राष्ट्रसंघका पाँच एजेन्सीले तयार पारेको खाद्य […]

कृषि क्षेत्र चलायमान नराखे भोकमरीको खतरा

६ वैशाख, काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले केही दिनअघि एक पत्रमार्फत देशमा खाद्य संकट र भोकमरी आउन सक्ने खतरातर्फ स्थानीय तहहरूलाई सचेत गराए। तत्काल प्रभावकारी हस्तक्षेप नभए कोरोना र भोकमरीसँग एकैसाथ जुध्नुपर्ने अवस्था आउन सक्ने उनको संकेत थियो । गत चैत २४ मा मन्त्री भुसालले पठाएको सो साझा पत्र सात सय ५३ स्थानीय तहमा पुगिसकेको […]

मुगुमा दिउँसै अँध्यारो, तुवाँलोले ढाकियो आकास

२१ वैशाख, गमगढी । वैशाख महिनाको सुरुदेखि नै मुगु जिल्लाको आकासमा बाक्लो तुवाँलो लागेपछि जनजीबन प्रभावित बनेको छ । तुवाँलोका कारण भिजिबिलिटी कम भएपछि हवाइ उडानसमेत गत १६ गतेदेखि ठप्प छ । मंगलबार मुगु सदरमुकाम र त्यस आसपासका क्षेत्रमा दिउँसै अँध्यारो देखिएको छ । गमगढी निवासी ७३ वर्षीया बुच्या चौलागाइँले भनिन्, ‘मलाई सम्झना भएसम्म मुगुमा […]

मुगुबासीलाई तत्काल राहत उपलब्ध गराउन प्रचण्डको माग

३ वैशाख, मुगु । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भोकमरीबाट पीडित मुगुबासीलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मुगुमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खडेरीसँग जुधिरहेको मुगुमा तत्काल खाद्यान्य उपलब्ध गराउन आफूले पहल गर्ने आश्वासन दिएका छन् । उनले पहिलेका सरकारहरुले कर्णालीलाई दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरेको भन्दै अव […]