
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली सेनाले गाजामा दैनिक १० घण्टा युद्धविराम गरी स्थानीय समय अनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म तीन सहरमा सैन्य गतिविधि रोक्ने घोषणा गरेको छ।
- गाजामा भोकमरीका कारण १२७ जनाको मृत्यु भएको छ, जसमा ८५ जना बालबालिका छन्, र पाँच महिनाको शिशु जैनाव अबु हलीद कुपोषणका कारण मरेको छ।
- इजरायली सेनाले खाद्यान्न र औषधी ढुवानी गर्ने गाडीलाई बिहान ६ बजेदेखि बेलुका ११ बजेसम्म सुरक्षित मार्ग तोकेको छ र राहत सामग्री स्थलमार्गबाट वितरण गर्ने जनाएको छ।
११ साउन, काठमाडौं । गाजामा भोकमरीको चपेटमा रहेकाहरुलाई राहत वितरण गर्न इजरायली सेनाले दैनिक १० घण्टा युद्धविराम गर्ने घोषणा गरेको छ ।
इजरायली सेनाले स्थानीय समय अनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म तीन सहरमा सैन्य गतिविधि रोक्ने घोषणा गरेको हो ।
गाजामा खाद्य संकट चरम भएपछि मानवीय सहायता वितरण गर्न अल–मावासी, डियर अल–बालाह र गाजा शहरमा युद्धविराम गर्ने इजरायली सेनाले जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
साथै खाद्यान्न र औषधी ढुवानी गर्ने सहायता सामग्री बोकेका गाडीहरुलाई बिहान ६ बजेदेखि बेलुका ११ बजेसम्म सुरक्षित मार्ग तोक्दै सञ्चालनमा ल्याउने इजरायली सैन्य फोर्स (आइआरडीएफ)ले भनेको छ । यो नयाँ प्रावधान आइतबारदेखि नै लागू हुने जनाइएको छ ।
युद्धग्रस्त गाजामा भोकमरीको चपेटमा परेका मानिसहरुको तस्वीरले विश्वकै ध्यान तानिरहेपनि संकटमोचन हुन सकेको छैन । तर, अन्तर्राष्टिय दबावकै कारण इजरायली पक्ष मानवीय सहायताका लागि समय निर्धारण गर्न बाध्य भएको विश्लेषण भइरहेको छ ।
मानवीय संकटलाई नजरअन्दाज गर्दै युद्ध अपराध गरिरहेको भन्दै चर्को आलोचना भएपछि इजरायली पक्षले रणनीतिक कदम चालेको गार्जिएनको विश्लेषण छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ युद्ध सुरुभएयता भोकमरीका कारण मात्रै १२७ जनाको मृत्यु भएको छ, जसमा ८५ जना बालबालिका छन् ।
शनिबार पाँच महिने शिशु जैनाव अबु हलीदको गम्भीर कुपोषणका कारण अस्पतालमा मृत्यु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बालिकाकी आमा इसरा अबु हलीबले भावुक हुँदै भनिन्, ‘तीन महिनासम्म अस्पतालमा राखेँ, अन्त्यमा छोरीको ज्यान गयो ।’
आइतबार दक्षिणी गाजामा एक हजार दुई सय मेट्रिक टनभन्दा बढी खाद्यान्न बोकेका एक सय भन्दा बढी ट्रक केरम शालोम नाका हुँदै पठाएको रेडक्रस इजिप्टका अधिकारहरुले बताएका छन् ।
पछिल्लो घोषणाको केही घण्टा अघि इजरायली पक्षले गाजामा विमानमार्फत आकाशबाटै सहायता सामग्री झार्ने बताएको थियो । तर, सो योजनाबाट पछि हट्दै स्थलमार्गमार्फत नै राहत सामग्री ढुवानी गर्न दिने दिनभरी वितरण गर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय संस्थाहरुका अनुसार गाजाका २२ लाख जनसंख्यामध्ये धेरैजसो भोकमरीको चपेटमा छन् ।
गाजामा राष्ट्रसंघीय सहायता संस्थालाई निषेध गर्दै अमेरिका समर्थित इजरायली संस्थाले राहत वितरण गर्दै आएको छ । अमेरिका समर्थित संस्थालाई राष्ट्रसंघले मान्यता दिएको छैन ।
गत साता पनि राष्ट्रसंघले सैनिक गतिविधि रोकिए सहायता वितरणमा सहजता ल्याउने भन्दै इजरायलले ढुवानीका कारण पर्याप्त मार्ग नदिएको जनाएको थियो ।
मार्चको सुरुबाटै इजरायलले गाजामा सहायता रोकिदिएको थियो । मे महिनादेखि नयाँ नियमका साथ पुन: खोलिएको हो ।
सहायता आतङ्ककारीहरूको हातमा नपरोस् भनेर नियन्त्रण गर्नुपर्ने बाध्यता भएको इजरायली पक्षको तर्क छ ।
सहायता लिन आएका मानिसहरुको समूहमा विद्रोही पक्ष हमासका लडाकू भएको भन्दै कयौं पटक इजरायली सेनाले गोली चलाउने गरेको छ । यस्ता घटनामा निहत्या साधारण मानिसले ज्यान गुमाउने गरेका छन् ।
गाजामा संघर्षरत विद्रोही पक्ष हमाससँग इजरायलले वार्ता गर्ने भनेपनि अघि बढ्न सकेको छैन ।
पछिल्लो पटक थालिएको युद्धविरामको प्रस्तावले सार्थकता पाउन सकेन । अमेरिका र इजरायलले हमाससँग शान्तिवार्ता र युद्धविरामको सम्भावना नदेखिएको बताएका छन् ।
हमास सम्झौताका लागि इच्छुक नरहेको भन्दै अमेरिका र इजरायलले युद्धविराम वार्ता निरर्थक हुने टिप्पणी गरेका छन् ।
प्रतिक्रिया 4