+
+
WC Series
Nepal
211/4 (20)
VS
२२ बलमा १३८ रन आवश्यक
Samoa
74/4 (16.2)
Shares

विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता

रासस रासस
२०८२ असोज ३१ गते १८:५३

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताएका छन् । त्यस्तै, करोडौँ मानिसहरू भोलिको खाना पाउने नपाउने अन्योलमा रहेका छन् ।

अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको अवसरमा दिइएको सन्देशमा महासचिव गुटेरेसले भने, ‘८० वर्षअघि संसारका मुलुकहरू भोकमरी अन्त्य गर्न एकजुट भएका थिए र त्यसयता खाद्य सुरक्षामा ठूलो प्रगति भएको छ । तर पछिल्ला संकटहरूले यदि हामीले सावधानी नअपनाएसम्म यी उपलब्धिहरू टिकाउ हुन नसक्ने देखाएको छ ।’

उनले भने, ‘हालका दशकहरूमा मोटोपनको समस्या, जलवायु परिवर्तन र द्वन्द्वग्रस्त क्षेत्रहरूमा भोकलाई हतियारको रूपमा प्रयोग गर्ने जस्ता नयाँ चुनौतीहरू देखा परेका छन् । यो अत्यन्त लज्जास्पद यथार्थ हो रआज पनि युद्ध र द्वन्द्वको पीडामा परेका मानिसहरूलाई भोकै राखिएको छ, र कतै कतै दुर्भिक्षको स्थिति समेत देखिएको छ ।’

महासचिवले भने, ‘भोकमरी अन्त्य गर्न हामीसँग आवश्यक स्रोत, सीप र प्रविधि छन् । अब हामीलाई चाहिएको कुरा एकता र सहकार्य हो ।’

गुटेरेसले विश्व समुदायलाई फेरि एकपटक एकजुट भई यस्तो खाद्य प्रणाली निर्माण गर्न आह्वान गरे,जसले मानिसलाई पोषण मात्र प्रदान गरोस्, तर पृथ्वीको रक्षा पनि गरोस् ।

भोकमरीविरुद्धको इतिहास र पछिल्लो चिन्ता

दोस्रो विश्वयुद्धको विनाशपछि, सन् १९४५ को अक्टोबर १६ मा राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) स्थापना गरिएको थियो । त्यसैको सम्झनामा सन् १९७९ देखि हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसको रूपमा मनाइँदै आएको हो ।

यस दिवसले सबैका लागि स्वस्थ, विविधतायुक्त, सस्तो र सुरक्षित खाना सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे चेतना फैलाउने उद्देश्य राख्छ ।

यता, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, खाद्य सहायता बजेटमा भारी कटौतीका कारण एक करोड ३७ लाखभन्दा बढी व्यक्तिहरू गम्भीर भोकमरीको स्थितिमा पुग्न सक्ने चेतावनी दिएको छ ।

सन् २०२५ मा डब्लूएफपीको बजेट ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, जसअनुसार कार्यक्रमको बजेट ६ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित हुने अनुमान गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?