+
+
Shares

गाजामा ‘शतप्रतिशत’ अनिकालको जोखिम : राष्ट्रसंघ

रासस रासस
२०८२ जेठ १६ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघले गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ भएको चेतावनी दिएको छ।
  • इजरायलले मार्चमा गाजामा सैन्य कारबाही पुनः सुरु गरी पूर्ण सहायता नाकाबन्दी आंशिक रूपमा खुकुलो बनाएको छ।
  • सहायताका ट्रकहरू सीमित सङ्ख्यामा मात्र प्रवेश गरिएका छन् र मानवीय सहायता अभाव रहेको छ।

१६ जेठ, जेनेभा । संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ । करिब २० महिनादेखि जारी युद्ध अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरु गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, ‘गाजा पृथ्वीको सबैभन्दा भोकमरी भएको स्थान हो ।’ इजरायली अधिकारीहरूको दाबीलाई अस्वीकार गर्दै उनले भने, “यो एक देश वा देश भित्रको परिभाषित क्षेत्र जहाँको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा छ अर्थात् शत प्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा छ।’

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लार्कले गाजा पट्टीमा मानवीय सहायता पु¥याउन संयुक्त राष्ट्रसंघले सामना गर्नुपरेको कठिनाइबारे पनि उल्लेख गरे । इजरायलले मार्च २ मा प्यालेस्टाइनी भूमिमा लगाइएको पूर्ण सहायता नाकावन्दीलाई हालैका दिनहरूमा आंशिक रूपमा खुकुलो बनाएको छ जसका कारण खाद्यान्न र औषधिको गम्भीर अभाव कम भएको छ।

लार्कका अनुसार इजरायलले नाकाबन्दी आंशिक रुपमा हटेपछि ९०० ट्रक मानवीय सहायताका ट्रकलाई गाजा पट्टीमा प्रवेश गर्न अनुमति दिएको छ । तर अहिलेसम्म गाजातर्फ ६०० वटा ट्रक मात्र उतारिएका छन् र सुरक्षाका कारण थोरै सङ्ख्यामा ट्रक लोड गरिएको छ । ‘यो सीमित सङ्ख्यामा ट्रकहरू आइरहेका छन् । यो न्यूनतम खानाको आवश्यकता पूर्ति गर्ने आपूर्ति हो,’ लार्कले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?