Comments Add Comment

मन्त्रिपरिषद निर्णय

List Grid
मन्त्रिपरिषदबाट बढुवा र नियुक्ति

८ चैत, काठमाडौं । सरकारले विभिन्न निकायका कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापन गरेको छ । गत चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गरेको हो । मन्त्रिपरिषद्ले सहन्याधिवक्ता श्यामकुमार भट्टराईलाई नायव महान्यायाधिवक्तामा बढुवा गरी महान्याधिवक्ताको कार्यालयमा पदस्थापन गरेको छ । यस्तै सहसचिव तोयानाथ अधिकारीलाई बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको […]

मन्त्रिपरिषद बैठकबाट विभिन्न नियुक्ति र बढुवा (निर्णयसहित)

५ मंसिर, काठमाडौं । कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले केही नियुक्ति र बढुवा गरेको छ । शुक्रबार सार्वजनिक उक्त निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा भई नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ । बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद […]

अब लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने

५ भदौ, काठमाडौं । अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि  तोकिएको अस्पतालहरुमा राखिने भएको छ । पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका […]

वाइडवडी प्रकरणमा सरकारले भन्यो : अहिले नै कसैलाई कारबाही हुँदैन

१९ पुस, काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न र तयार रहेको बताएको छ । तर, लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उपसमितिले लेखा समितिलाई प्रतिवेदन […]

छोराछोरीको कमाइमा बाबुआमाको हक ! तलबको निश्चित रकम बैंकमा राखिदिनुपर्ने

१९ पुस, काठमाडौं । अहिलेसम्म छोराछोरीले आमाबुबाको सम्पत्तिमा हक दाबी गर्दै आएका थिए । तर, जेष्ठ नागरिसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट हुबहु पास भयो भने छोराछोरीको कमाईमा बाबुआमाको हक लाग्छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो विधेयक तत्काल संसदमा दर्ता गर्ने निर्णय गरेको छ । विधेयकले छोराछोरीले आफ्ना पारिश्रमिकको निश्चित रकम आमाबुबाको […]

राजनीतिक वार्ता टोलीको म्याद १५ दिन थप, हेर्नुस् मन्त्रिपरिषदका १५ निर्णय

२७ मंसिर, काठमाडौं । सरकारले विभिन्न राजनीतिक माग राखेर आन्दोलनरत पक्षसँग वार्ता गर्न बनाएको वार्ता टोलीको अवधि १५ दिन थप गरेको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई बाँकी काम सम्पन्न गर्न १५ दिन अवधि थप गरेको हो । सरकारले संङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न […]

क्याबिनेटको निर्णय फेसबुकबाट लाइभ गर्छौं !

३० कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब क्याबिनेट बैठकका निर्णयहरु फेसबुक र ट्विटरबाट लाइभ गरिने बताएका छन् । सरकारले सूचना लुकाएको बारे अनलाइनखबरले सोधेको प्रश्नमा मन्त्री बास्कोटाले भने– ‘जंगेले बोल्यो भनेपछि बोल्यो बोल्यो’ भन्ने छैन ! अपवादका घटना भए भने सूचना कसरी दिने भन्नेमा कुनै हार्ड एण्ड […]