Comments Add Comment

मोहनविक्रम सिंह

List Grid
मोहनविक्रमको दाबी : ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्छ

१३ फागुन, बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको भनाइ छ । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली […]

नेकपा विवादले देश नै सङ्कटमा पर्‍यो : महामन्त्री सिंह

१० फागुन,  बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए । […]

हामी प्रचण्डभन्दा ओलीसँग नजिक थियौं, तर…

हामीले सुरुदेखि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरसंघर्ष वा विभाजनको सम्भावनालाई गम्भीर रुपमा लिँदै आएका थियौँ । नेकपा फुट्छ वा फुट्दैन ? त्यो मुख्य चिन्ताको विषय थिएन ।  चिन्ताको विषय त्यसबाट देशको राजनीतिमा पर्ने असरप्रति नै थियो । यो स्पष्ट थियो कि नेकपा फुट्यो भने देशको सम्पूर्ण राजनीतिमा नै त्यसका दुष्परिणामहरु हुने सम्भावना थियो […]

संवैधानिक परिषदको संरचनामै त्रुटि छ, तर अध्यादेश समाधान होइन : मसाल

१ पुस, काठमाडौं । प्रतिनिधिसभामा एक सिटको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा (मसाल) ले सरकारद्वारा जारी अध्यादेशको विरोध गरेको छ । तर, यसले संवैधानिक परिषदको संरचनामै त्रुटि रहेको भन्दै संसदले त्यसलाई सच्याउनुपर्ने मत प्रकट गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘लामो समयदेखि संसद बसेको छैन र सरकारले […]

कालापानीबाट भारतीय सेना हटाइयोस् : मसाल

६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कलापानीलगायतका क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेको छ । सरकारले अतिक्रमणमा परेको लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरिएको हो । मसाल महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई […]

देशमा नै बसौँ, देशलाई बनाऔँ

अहिले विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्कटले हाम्रो देशको सन्दर्भमा पनि दुईवटा कुराहरू प्रस्ट गरेको छ । प्रथम, नेपाल विदेशी सहायता र आयातमा अत्याधिक रूपमा निर्भर छ र त्यसको अभावमा नेपालको अस्तित्व र सामान्य जीवन निर्वाह पनि सम्भव छैन । द्वितीय, नेपालीहरू संसारको जुन कुनामा गए पनि अन्तमा दुःख वा सङ्कटको बेलामा काम लाग्ने आफ्नो देश नै हो […]

कालापानीबाट भारतीय सेना हट्दैन, राष्ट्र संघ गुहारौं : मसाल

२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन यो विषयलाई संयुक्त राष्ट्र संघमा लैजान सरकारले पहल गर्नुपर्ने उल्लेख छ । ‘भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र […]

मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै लडे, रिपोर्ट सबै ‘सामान्य’

२८ मंसिर, बुटवल । नेकपा मसालका महामन्त्री एवं अर्धभूमिगत नेता मोहनविक्रम सिंह बुटवलमा पैदल हिँड्दै गर्दा एक्कासी लडेका छन् । ८४ वर्षीय सिंह शुक्रबार साँझ मिलनचोकको आकाशे पुलनेर सडक पेटीमा एक्कासी लडेका हुन् । सडकमा लडेपछि उनको कालिकानगरस्थित चौराहा हस्पिटल प्रालिमा उपचार गरिएको छ । उक्त हस्पिटलमा सिटीस्क्यान लगायतका परीक्षण गरेर करिब दुई घण्टापछि सिंह […]

सी विचारधारा दक्षिणपन्थी विचलन : मोहनविक्रम

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री […]

बहस : गणतन्त्रका अगाडि खतराको प्रश्न

अनलाइनखबर (२०७५ पुष २९) मा प्रकाशित ‘राजतन्त्रको भुत’ सँग किन डराउँदैछन् ओली र प्रचण्ड ?’ शीर्षकको एउटा आलेखमा लेखिएको छ- ‘प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड ‘राजतन्त्रको भुत’सँग थरथर काँप्न थालेका छन् ।’ त्यो आलेखमा अगाडि लेखिएको छ- ‘केही दिनअघि सङ्घीय संसदमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले गणतन्त्रबारे चिन्ता प्रकट गरे । … प्रचण्डले सार्वजनिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, कमल थापा र […]

प्रदेश २ को प्रहरी विधेयक तराई अलग पार्ने उद्धेश्यबाट प्रेरित : मसाल

७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) प्रदेश २ सरकारले बेग्लै सशस्त्र शक्ति तयार पारेर तराईलाई नेपालबाट अलग गर्ने उद्देश्यले प्रहरीसम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाएको छ । महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी उक्त नीति प्रदेश २ मा मात्र नभई सम्पूर्ण तराई क्षेत्रमा कार्यान्वयन गर्ने मधेस केन्द्रत दलहरुको योजना रहेको भन्दै यसलाई रोक्नुपर्ने […]

‘केसीको मृत्यु भयो भने ओलीको सत्तामा बज्रपात हुन्छ’

पूर्वी नेपालका एउटा निजी अस्पतालका सञ्चालकले डा. गोविन्द केसीजस्ता एक/दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन् ‘एक/दुई जना मन्छे मर्न दिऊँ, केही बिग्रिँदैन । (कान्तिपुर, २०७५ साउन १ गते) सत्तापक्षका कतिपय नेताहरूले पनि यस प्रकारको विचार प्रकट गर्ने गरेका छन्- ‘एकाध व्यक्तिको अनसनबाट सरकार झुक्दैन ।’ यस्ता अभिव्यक्तिबाट डा. केसी वा उनको अनसन […]

डा. गोविन्द केसीको अनसन : बन्दूक उल्टो पड्केला !

पूर्वी नेपालका एउटा निजी अस्पतालका सञ्चालकले डा. गोविन्द केसीजस्ता एक/दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन् ‘एक/दुई जना मन्छे मर्न दिऊँ, केही बिग्रिँदैन । (कान्तिपुर, २०७५ साउन १ गते) सत्तापक्षका कतिपय नेताहरूले पनि यस प्रकारको विचार प्रकट गर्ने गरेका छन्- ‘एकाध व्यक्तिको अनसनबाट सरकार झुक्दैन ।’ यस्ता अभिव्यक्तिबाट डा. केसी वा उनको अनसन […]

सङ्घीयताविरुद्ध सङ्घर्ष राष्ट्रिय आवश्यकता

संसारका कैयौँ देशहरूको विकासमा सङ्घीयताले मद्दत पुराएको हुन सक्छ । त्यो उनीहरूसित सम्बन्धित कुरा हो । तर, त्यो विषयलाई हामीले नेपालको आफ्नै विशिष्ट अवस्थामा विचार गर्नुपर्ने आवश्यकता छ । हाम्रो देशको सन्दर्भमा विचार गर्दा नेपालजस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले कमजोर, भूपरिवेष्ठित र बहुजातीय देशका लागि सङ्घीयता उपयुक्त नहुने कुरा प्रष्ट छ । हामीले सुरुदेखि नै […]

प्रकाश दाहालको मृत्युबारे मोहनविक्रमः राजधानीमै उपचार नपाई मृत्यु हुनु पीडादायक

५ मंसिर, काठमाडौं । नेकपा मसालका महामन्त्री एवं पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहले प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । सिंहले विज्ञप्ति जारी गरेर दाहालको निधनमा शोक प्रकट गरेका हुन् । उनको निधनमा नेकपा मसाल पार्टीले श्रद्धाञ्जली प्रकट गरेको सिंहले बताएका छन् । सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रकारको अवस्थामा उहाँको […]

कांग्रेस गठबन्धनले जिते राजतन्त्र फर्किने खतरा छः मोहनविक्रम सिंह

२३ कात्तिक, डोटी । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा राजतन्त्र र्फकन सक्ने बताएका छन् । चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका सिंहले नेपाली कांग्रेसभित्रकै ठूलो हिस्सा राजतन्त्र फर्काउने पक्षमा रहेको र गठबन्धनका अन्य दलहरु पनि राजतन्त्रको पक्षमा रहेका कारण राजतन्त्र फर्किने खतरा रहेको बताए । ‘कांग्रेस […]

निर्वाचन क्षेत्र निर्धारणप्रति मसालको आपत्ति

१८ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आपत्तिजनक भएको भन्दै नेकपा मसालले कडा विरोध गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गरी क्षेत्र निर्धारण गर्दा ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत भूगोललाई आधार बनाइदा क्षेत्रीय असन्तुलन भएको भन्दै आपत्ति जनाएका हुन् । क्षेत्र निर्धारण गदा निर्वाचन क्षेत्रको विभाजन गर्दा गम्भीर प्रकारको क्षेत्रीय […]

पाँच नम्बर प्रदेश विभाजनः ‘बल्लव भाइ’को डिजाइन

अब यो कुरा प्रष्ट भएको छ कि ५ नं. प्रदेशको विभाजन मूल रूपमा भारतीय योजना अनुसार नै भएको हो । स्वयं मधेसवादीहरूले ५ नंं. प्रदेशभित्रका तराईमा पर्ने केही जिल्लाहरूको बेग्लै प्रदेशहरूको निर्माणसमेत गर्ने प्रस्तावित विधेयकलाई अपूरो भन्दै त्यसलाई समर्थन नगर्ने घोषणा गरेका थिए । त्यसपछि तुरुन्तै भारतीय दुतावास सक्रिय भयो । दूतावासले मधेसवादी सङ्गठनका नेताहरूलाई […]

मोहनविक्रम भन्छन्ः तराईलाई टुक्राउन भारतको योजनावद्व षडयन्त्र

११ जेठ, बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतका कारण मुलुकको राष्ट्रियता सबैभन्दा बढी खतरामा परेको बताएका छन् । उनले नेपालको तराईलाई टुक्र्याउन भारतले योजनावद्व षडयन्त्र गरेकाले मुलुकको राष्ट्रियता इतिहासमै खतरामा परेको दावी गरेे । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले अंग्रेजपछि राष्ट्रियता सबैभन्दा बढी अहिले […]

सरकार परिवर्तनले राष्ट्रियतामा आँच पुग्छ: मसाल

२३ वैशाख, काठमाडौं । नेकपा (मसाल)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा आफू नभएको जनाएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा भारतले चाहेअनुसार संविधान संशोधन गराउने सोचसहित नयाँ सरकार बनाउने चलखेल भएको उल्लेख गरिएको छ । ‘भारतले तराई वा मधेसका जनताको समस्यालाई त्यहाँका जनताको मुक्तिका लागि होइन, आफ्नो विस्तारवादी […]

ओली सरकारको विकल्पः भारतको एजेण्डा

अहिले कतिपय पक्षहरुले ओली सरकार असफल भएको भन्दै त्यसको विकल्प खोज्नुपर्ने कुरा उठाइरहेका छन् । ओली सरकार असफल भएको भन्ने कुरामा काफी हदसम्म सत्यता वा आधार छ । भूकम्प पीडितका विषयमा देखाइएको गैरजिम्मेवारीपनलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ । त्योबाहेक विकासका लागि विनियोजित गरिएको रकमको ठूलो अंश खर्च हुन नसकेको कुरा पनि यस सन्दर्भमा विशेष […]