+
+
Shares

भदौ २३ मा दमन गर्ने ओली सरकारमाथि कारबाही हुनुपर्छ : मोहनविक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्।
  • सिंहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दमनमा प्रयोग भएको गोली प्रहरीको नभएको प्रमाण पेश गर्नुपर्ने उल्लेख गरेका छन्।
  • सिंहले जेन-जी आन्दोलनमा व्यापक घुसपैठ भएको र अमेरिकी भूमिकाको आरोप लगाउँदै संसद पुनर्स्थापना नभए चुनावमा भाग लिने बताए।

१४ कात्तिक , बुटवल । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन् ।

प्रगतिशील पत्रकार संघले बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले जेन-जी आन्दोलनमा राज्य शक्तिको अनावश्यक प्रयोग र नरसंहार भएको बताए ।

आन्दोलनमा चलेका गोली प्रहरीको नभएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे ओलीले प्रमाण पेश गर्नु पर्ने बताए ।

‘ओलीले अहिलेसम्म कुनै प्रमाण देखाएको देखिदैन, त्यसकारण २३ गतेको दमनको लागि जिम्मेवार ओली सरकार वा जिम्मेवार व्यक्तिहरूमाथि आवश्यक छानविन गरेर कारबाही गर्नु पर्दछ’ – महामन्त्री सिंहले भने ।

भदौ २३ र २४ गतेको जेनजीको आन्दोलन देशमा व्याप्त भ्रष्टाचार र कुशासन विरुद्ध नयाँ युवाहरूको न्यायपूर्ण र शान्तिपूर्ण आन्दोलन भएपनि त्यसमा व्यापक घुसपैठ गरिएको सिंहले बताए ।

२४ गते देशव्यापी रूपमा केही घण्टामा नै तोडफोड, आगलागी र ध्वंसात्मक कार्यहरू गर्न जेनजीहरूको लागि सम्भब नै नभएको तर्क गर्दै उनले ध्वंसबारे छानविन गरेर आवश्यक कारबाही गर्नुपर्ने तर्क गरे ।

महामन्त्री सिंहले अहिलेको अन्तरिम सरकार अवैधानिक भएको जिकिर गरे । तर संसद पुनर्स्थापना नभएर चुनाव भए चुनावमा भाग लिने स्पष्ट पारे । सिंहले जेन-जी आन्दोलनका पछाडि अमेरिकाको भूमिका भएको आरोप लगाए ।

दलाई लामाले अहिलेको सरकारलाई शुभकामना त्यसको प्रमाण भएको उनले तर्क गरे । दलहरूको नेतृत्व परिवर्तन र पुस्तान्तरण का विषयमा पत्रकारको जिज्ञासामा उनले यसलाई स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?