+
+
Shares

वर्तमान सरकारले फासिस्ट रूप लिंदै गयो : मोहनविक्रम सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थअनुकूल हुन थालेको टिप्पणी गरेका छन्।
  • सिंहले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा शासक वर्गको सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित भएको आरोप लगाए।
  • सिंहले विदेशी शक्तिहरूको चलखेलले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको उल्लेख गरेका छन्।

२६ वैशाख, काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित संविधान संशोधन बहस कार्यक्रममा बोल्दै उनले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा पनि शासक वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित रहेको आरोप लगाए ।

महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले फासिस्ट स्वरूपलाई संस्थागत गर्न संशोधनको बाटो रोजेको दाबी पनि गरे ।

संविधान संशोधन नेपालको आन्तरिक विषय भएपनि यस प्रक्रियामा विदेशी शक्तिहरूको चलखेल देखिनु अवाञ्छित र गम्भीर रहेको उनको ठहर छ ।

नेपालको आन्तरिक मामिलामा हुने वैदेशिक हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको सिंहले उल्लेख गरे ।

‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधानको निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्ना स्वार्थ अनुकूल कानुन निर्माण गर्ने गर्छन्,’ सिंहले भने, ‘अहिलेको सरकारले फासिस्ट रूप लिंदै गएको छ र त्यसैलाई पूर्णता दिन संविधान संशोधन गर्न थालिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?