Comments Add Comment

रामबहादुर बम्जन

List Grid
किन अदालत हाजिर भएनन् बम्जन ?

१ पुस, काठमाडौं । तपश्वीको भेषमा अनुयायी बलात्कार गरेको अभियोग लागेका रामबहादुर बम्जन अदालतले दिएको ३५ दिने म्यादभित्र हाजिर भएनन् । जिल्ला अदालत, सर्लाहीले २४ कात्तिकमा निजगढमा रहेको बम्जन निवासमा सूचना टाँस गर्दै अदालतमा हाजिर हुन भनेको थियो । तर, उनी उपस्थित नभएको जिल्ला अदालत, सर्लाहीका वैतनिक वकिल नरेशकुमार चौधरीले अनलाइनखबरलाई बताए । बम्जनलाई खोज्दै […]

बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

१९ असार, काठमाडौं । धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो । सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले अनलाइनखबरलाई बताएअनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको […]

रामबहादुर बम्जन प्रहरीबाट उम्किए, अदालतले के गर्ला ?

१६ असार, काठमाडौं । जंगलभित्र १५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन । कम्पाउन्डमा सुरक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ छन् । मध्यभागमा आलिसान बङ्गला । जीम हलदेखि स्वीमिङ पुलसम्म छन् । घरभित्र हरेक सामग्री विदेशी छन् । भान्सा, बेडरुम र बाथरुम जताछिरे पनि तारे होटल झैं । कतै बल्ने ढुंगा सजाइएका छन्, कतै आकर्षक पेन्टिङ छन् । […]

प्रहरी आश्रम छिरेपछि बम्जन जंगलतिर भागे : सीआईबी

४ असार, काठमाडौं । सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् । ‘घना जंगलभित्र आश्रम छ, त्यसैले हामी छिरिसकेपछि उनी भागेको हुनसक्ने देखिएको छ,’ अनुसन्धानमा संलग्न सीआईबीका […]

बम्जनको आश्रममा पुगेर तेस्रो पटक पनि खाली हात फर्कियो प्रहरी

४ असार, काठमाडौं । प्रहरीले तपश्वी भनिने रामबहादुर बम्जनको आश्रममा छापा हानेको छ । सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा हानेको हो । यद्यपि, उनी आश्रममा नभेटिएको सिन्धुलीकी एसपी रञ्जु सिग्देलले अनलाइनखबरलाई बताइन् । यसअघि २४ माघमा पनि प्रहरीले बम्जन आश्रममा छापा मारेको थियो । तर, सुरुमै सूचना […]

बम्जनमाथि आरोपै आरोप : पहिले बेपत्ता र हत्या, अहिले बलात्कार

२४ माघ, काठमाडौं । लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो । पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । वर्ष दिन बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन । मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले […]

अनुयायी वेपत्ता पारेको भन्दै बम्जनबिरुद्ध उजुरी

१२ पुस, सिमरा । तपस्वीको रुपमा चर्चामा आएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी परेको छ । आफ्नै अनुयायीलाई तीन वर्षदेखि वेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा बिहीबार उजुरी दर्ता भएको हो । जितपुर सिमरा उपमहागर–१८ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगर लामो समयदेखि अनुयायी भएर बम्जनसँग बस्दै आएका थिए । तर, तीन वर्षयता पूर्णरुपमा […]

अनुयायीलाई वेपत्ता पारेको भन्दै बम्जनबिरुद्ध प्रहरीमा उजुरी

१२ पुस, सिमरा । तपस्वीको रुपमा चर्चामा आएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी परेको छ । आफ्नै अनुयायीलाई तीन वर्षदेखि वेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा बिहीबार उजुरी दर्ता भएको हो । जितपुर सिमरा उपमहागर–१८ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगर लामो समयदेखि अनुयायी भएर बम्जनसँग बस्दै आएका थिए । तर, तीन वर्षयता पूर्णरुपमा […]